शनिबार, १५ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ओझेलमा पारिएको रामग्राम स्तुप संरक्षण र विकास गर्न स्थानीयको माग

बुधबार, ११ पुस २०७५, १३ : १२
बुधबार, ११ पुस २०७५

परासी– नवलपरासीको ऐतिहासिक,पुरातात्विक एवं धार्मिकस्थल रामग्राम स्तुप संरक्षण अभावमा ओझेलमा छ । रामग्राम स्तुपको संरक्षण र विकासका लागि लुम्बिनी विकास कोष तथा सरोकारवाला निकाय रामग्राम नगरपालिकाले कुनै पहल नगरेकाले स्तुप ओझेलमा हो । 

रामग्राम स्तुप नवलपरासीस्थित रामग्राम नगरपालिका ७ मा पर्छ । सरकारले रामग्राम स्तुप संरक्षणका लागि बर्षेनी करोडौ रुपैयाँ लुम्बिनी विकास कोषमा पठाएपनि कोषले कुने लगानी नगरेको स्थानीयले बताएका छन् । ‘कोष र नगरपालिका कसैले पनि संरक्षणमा केही पहल गरेको पाइएको छैन’ स्थानीय अमिरुल्लाह मिँयाले गुनासो गरे ।

रामग्राम स्तुपमा गौतम बुद्धका आठ ठाउँमा राखिएका अस्टधातुमध्ये एक धातु राखिएको छ । त्यसैले पनि स्तुपको महत्व बढेको सरोकारलाहरु बताउँछन् । प्राचिन कोलिय राजाले बुद्धको अस्तु ल्याएर कोलिय गणराज्यको राजधानी रामग्राममा राखेर स्तुप निर्माण गरेको ईतिहास छ ।

रामग्राम स्तुप इसापुर्व ५ सय बर्ष पहिले कोलिय राजाले निर्माण गरेका हुन् । गौतम बुद्धको मृत्युपछि अन्त्येष्टि गर्दा बचेको अस्तु (अवशेष) कलशमा राखेर स्तुप बनाइएको किंवदन्ती छ । कोलिय गणराज्यको राजधानीलाई रामग्राम पनि भनिन्थ्यो र रामग्रामका राजाले स्तुप बनाएका कारण यसको नाम रामग्राम स्तुप रहन गएको भन्ने इतिहास छ ।

एक बगैचामा माटोको एक ठुलो ढिस्कोले चिनिने रामग्राम स्तुपमा कुनै प्रकारको भौतिक पुर्वाधार निर्माण, संरक्षण तथा प्रचार प्रसार नगर्दा यसको महत्व ओझेलमा पर्दै गएको स्थानीयको भनाई छ । स्तुपको पुजा तथा भ्रमण अवलोकन गर्न विभिन्न देशका पर्यटकहरु आउने गरेपनि होटेल, खानेपानी, शौचालय, पार्क र प्राथना गर्ने लगायतका विभिन्न भौतिक संरचना अभावले पर्यटकहरु तत्कालै  फर्किने गरेका छन् ।


रामग्राम नगरपालिकाका मेयर नरेन्द्र कुमार गुप्ताले स्तुपको विकासका लागि मास्टर प्लान बनाएर अघि बढेको भन्दै स्तुपको लागि ५० लाख रकम बिनियोजन गरिएको जानकारी दिए । उनले यसअघि स्थानीय तहमा जनप्रतिनिधि नभएकाले संरक्षण तथा विकास हुन नसकेको भन्दै अब त्यस्तो अवस्था नहुने बताए । रामग्राम स्तुपमा चीन, थाइल्याण्ड, भियतनाम, जापान, श्रीलंका, कोरिया लगायतका देशबाट मासिक करिब ५ सय पर्यटकहरु आउने गर्दछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप