शनिबार, १५ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

माओको दर्शन सम्बृद्ध नेपाल निर्माणमा स्मरणीय : प्रचण्ड

बुधबार, ११ पुस २०७५, ११ : ३२
बुधबार, ११ पुस २०७५

काठमाडौँ–चिनियाँ क्रान्तिका नायक माओत्सेतुङको १२६ औं दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । 

डिसेम्वर २६ मा विश्वभरिका कम्युनिस्टहरुले माओलाई आदर्श व्यक्तिमान्दै सम्झने स्मरण गर्ने गर्छन । नेपालका केही कम्युनिष्ट पार्टीहरुले पनि विभिन्न कार्यक्रम गरि यो दिवस मनाउने गरेका छन् । 

यसै अवसरमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागेको जनाएको छ ।

विप्लवको पार्टीले प्रज्ञा भवनमा आज आयोजना गरेको कार्यक्रममा सो पार्टीका शीर्ष नेताहरु सहभागी हुने बताइएको छ । 
माओको दर्शन सम्बृद्ध नेपाल निर्माणमा स्मरणीय 
यसैबीच तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार एक शन्देश जारी गर्दै चिनियाँ नयाँ जनवादी क्रान्तिका महान् नेता कमरेड माओ–त्सेतुङको जन्म दिवसका शुभकामना व्यक्त गरेका छन् । ‘यो दिवसका अवसरमा संसारभरका मुक्तिकामी जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्दछु’प्रचण्डले भनेका छन् । 

त्यस्तै प्रचण्डले माओले अर्धसामन्ती तथा अर्धऔपनिवेशिक राष्ट्र चीनलाई दीर्घकालीन जनयुद्धमार्फत नयाँ जनवादी क्रान्ति सम्पन्न गरी समाजवादी क्रान्तिको प्रक्रियामा अगाडि बढाएको स्मरण गर्दै माओले विकास गरेको दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको विचार समृद्ध नेपाल निर्माणका लागि स्मरणीय रहने बताएका छन्  ।

विश्व कम्युनिस्ट आन्दोलनमा अध्यक्ष माओका योगदानहरूलाई ‘माओवाद’ कारूपमा संश्लेषण गरिएको छ ।

माओकै समयमा सोभियत संघमा प्रतिक्रान्ति भएको थियो भने चीनमा तेङमण्डली प्रतिक्रान्तिको झन्डा उठाउन थालिएको थियो । रुस र आफ्नै पार्टीको दक्षिणपन्थीविरुद्ध माओले सन् १९६६ मा महान् सर्वहारा सांस्कृतिक क्रान्ति सुरु गरेका थिए ।सन् १८९३ डिसेम्वर २६ का दिन चिनको साओसानमा जन्मिएका माओलाई विश्वभरीनै कम्युनिस्ट विचारक र आस्थाकोरुपमा लिने गरिन्छ । उनको सन् १९७६ सेप्टेम्बर ९ मा चीनकै बेइजिङमा मृत्यु भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप