शनिबार, १५ मङ्सिर २०८१
ताजा लोकप्रिय

प्रजातन्त्रका सेनानी अधिकारीको निधन

मङ्गलबार, १० पुस २०७५, २० : २०
मङ्गलबार, १० पुस २०७५

चितवन । प्रजातन्त्रका सेनानी नेपाली काङ्ग्रेस चितवनका पूर्वउपभापति रघुनाथ अधिकारीको ७५ वर्षको उमेरमा निधन भएको छ । 

वीर अस्पताल काठमाडौंमा उपचारका सिलसिलामा आज बिहान उनको निधन भएको हो । हृदयाघात भएपछि उनी अस्पताल भर्ना भएका थिए । 

काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठका अनुसार आज उनको पवित्र तिर्थस्थल देवघाटमा अन्त्यष्टी गरिएको छ । 

यसअघि उनको पार्थीव शरिरमा काठमाडौँमा नेपाली काँग्रेसका उपभापति विमलेन्द्र निधि र महामन्त्री शशांक कोइरालाले पार्टीको झण्डा ओढाएर श्रदाञ्जली अर्पण गरेका थिए । 

अधिकारी विसं २०३६ को आन्दोलन, २०४२ को सत्याग्रह, २०४६ को जनमतसङ्ग्रहका बेला पटकपटक गिरफ्तारीमा परेका थिए । 

रघुनाथका बुबा उदयनाथ अधिकारी लमजुङमा ‘हलो क्रान्ति’मा सहभागी भएपछि तत्कालीन पञ्चायतले सर्वस्वहरण गरेपछि चितवन बसाँइ सरेका थिए । 

उदयनाथ काङ्ग्रेस चितवनका संस्थापक नेता थिए । रघुनाथका एक छोरा र एक छोरी छन् । खैरहनी नगरपालिका–५ को वडाध्यक्ष बनेका अर्का छोरा नरेन्द्र अधिकारीको सवारी दुर्घटनामा परी गत फागुनमा निधन भएको थियो । 

नेपाली काङ्ग्रेस चितवनका सभापति श्रेष्ठले उनको निधनमा बुधबार मातहतका कार्यालय बन्द गरिने र तीन दिनसम्म झण्डा झुकायर औपचारिक कार्यक्रम नगर्ने बताए । उनको निधनले सिङ्गो पार्टीमा अपुरणीय क्षती पुगेको श्रेष्ठले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप