मालिक महतो हत्यामा संलग्न दुईजना पक्राउ
सर्लाही । यहाँ एक युवकको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
बरहथवा नगरपालिका–५ का रामविलास महतोका ३० वर्षीय छोरा मालिक महतोलाई हत्या गरेको आरोपमा प्रहरीले सोही वडाका ३० वर्षीय धनेश्वर महतो र बागमती नगरपालिका–८ शङ्करपुरका २६ वर्षीय रवीन्द्र महतोलाई इलाका प्रहरी कार्यालय बरहथवामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
बीभत्स ढङ्गले टाउको क्षतविक्षत गरी हत्या गरिएको अवस्थामा यही पुस ७ गते घरभन्दा एक किलोमिटरको दूरीमा सोतीखोला चोरनिया पुलनजीक शव फेला परेको थियो ।
महतोको जग्गा खरीद बिक्री गर्दा भएको नाफा बाँडफाँडको विषयमा विवाद हुँदा हत्या भएको प्रहरीले खुलासा जनाएको छ ।
मृतक महतोको नातामा भिनाजु पर्ने सोही ठाउँका पक्राउ परेका धनेश्वरको योजनामा हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
हालसम्मको अनुसन्धानबाट धनेश्वरले रवीन्द्र र अर्का एक व्यक्तिको प्रयोग गरेर तीन हजार रुपैयाँ दिई हत्या गर्न लगाएको खुलेको सर्लाहीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए ।
हत्यामा संलग्न अर्का व्यक्तिको पनि पहिचान भइसकेकाले खोजी भइरहेको उनले जानकारी गराए ।
जग्गाको कारोवारका साथै बागमती नगरपालिका–३ जिरायतमा निजी विद्यालयसमेत सञ्चालन गरेका महतोको उखु काट्न प्रयोग हुने धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको छ ।
प्रहरीले हत्यामा प्रयोग भएको एक थान हतियार, एउटा मोटरसाइकल र रवीन्द्रले हत्या गर्दा लगाएको रगत लतपतिएको कपडासमेत बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हामी कसैलाई सम्झँदा बाडुली लाग्छ ?
-
छोरीको मृत्युबारे तान्याले भनिन्– गलत उपचारका कारण छोरीले ज्यान गुमाइन्
-
दुई वर्षदेखि बरेङमा ‘घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य’
-
ईसेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत काठमाडौँमा घर जित्ने विजेता घोषणा
-
बगरफाँट–भकिम्ली सडक : ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
-
एनपीएलको उत्कृष्ट नेपाली खेलाडीले ओमोडा इफाइभ एसयूभी पाउने