कपिलवस्तुमा स्वास्थ्यकर्मी महिलामाथि रातीमा आक्रमण
बुटवल । सोमबार रातको समयमा एक व्यक्तिले कपिलवस्तु नगरपालिका–११ थुन्हया स्वास्थ्य चौकी अनमी तहकी स्वास्थ्यकर्मी उषा केसीलाई आक्रमण गरेकोविरुद्धमा त्यस नगरपालिकाका कर्मचारीहरुले स्वास्थ्यकर्मीहरु मंगलवार दिनभर विरोध प्रदर्शनमा उत्रिएका छन् ।
सोमवार राती ११ बजेको समयमा मोहबसज मुसलमान स्वास्थ्य चौकीको ढोका फोरेर आफूलाई निर्घात कुटपिट गरेको केसीले बताएकी छन् ।
घटनाको तीन चार दिनअघि वडाध्यक्ष रामेश्वर बर्मालाई निजले आफूलाई आक्रमण गर्न सक्ने कुरा जानकारी दिँदा पनि बर्माले गम्भीर रुपमा नलिएका कारण रात्रीकालिन डिउटीमा रहेको बेला आफूमाथि हिंसात्मक घटना भएको उनको गुनासो छ ।
बाहिरबाट निजले ढोका हान्न थालेपछि उनै वडाध्यक्षलाई फोन गर्दा समेत त्यसको आधा घण्टापछि मात्र आएकोमा उनले दुखेसो पोखिन ।
केसीलाई कुटपिट गरेर फरार मुसलमानलाई प्रहरीले आज दिउँसो बनढिवाहबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संस्कृति प्रवर्द्धनमा जुट्दै मगर समुदायका महिला
-
के हामीलाई कसैले सम्झँदा बाडुली लाग्छ ?
-
छोरीको मृत्युबारे तान्याले भनिन्– गलत उपचारका कारण छोरीले ज्यान गुमाइन्
-
दुई वर्षदेखि बरेङमा ‘घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य’
-
ईसेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत काठमाडौँमा घर जित्ने विजेता घोषणा
-
बगरफाँट–भकिम्ली सडक : ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति