बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

कपिलवस्तुमा स्वास्थ्यकर्मी महिलामाथि रातीमा आक्रमण

मङ्गलबार, १० पुस २०७५, १९ : ३९
मङ्गलबार, १० पुस २०७५

बुटवल । सोमबार रातको समयमा एक व्यक्तिले कपिलवस्तु नगरपालिका–११ थुन्हया स्वास्थ्य चौकी अनमी तहकी स्वास्थ्यकर्मी उषा केसीलाई आक्रमण गरेकोविरुद्धमा त्यस नगरपालिकाका कर्मचारीहरुले स्वास्थ्यकर्मीहरु मंगलवार दिनभर विरोध प्रदर्शनमा उत्रिएका छन् ।

सोमवार राती ११ बजेको समयमा मोहबसज मुसलमान स्वास्थ्य चौकीको ढोका फोरेर आफूलाई  निर्घात कुटपिट गरेको केसीले बताएकी छन् ।  

घटनाको तीन चार दिनअघि वडाध्यक्ष रामेश्वर बर्मालाई निजले आफूलाई आक्रमण गर्न सक्ने कुरा जानकारी दिँदा पनि बर्माले गम्भीर रुपमा नलिएका कारण रात्रीकालिन डिउटीमा रहेको बेला आफूमाथि हिंसात्मक घटना भएको उनको गुनासो छ ।

बाहिरबाट निजले ढोका हान्न थालेपछि उनै वडाध्यक्षलाई  फोन गर्दा समेत त्यसको आधा घण्टापछि मात्र आएकोमा उनले दुखेसो पोखिन । 

केसीलाई कुटपिट गरेर फरार मुसलमानलाई प्रहरीले आज दिउँसो बनढिवाहबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप