अनुदानको दुरुपयोग : किसानले पाउनुपर्ने रासायनिक मल व्यापारीको कब्जामा
भक्तपुर – भक्तपुरमा रासायनिक मलको कृतिम अभाव गरिएको छ । सरकारले अनुदानमा उपलब्ध गराएको अनुदानको मल व्यापारीको कब्जामा पुगेपछि कृतिम अभाव गराइएको रहस्य खुलेको हो । नेपाल सरकारले सहकारी मार्फत उपलब्ध गराएको मल मुल्य वृद्धि गर्दै व्यापारीले किसानलाई बेच्ने गरेको पाइएको छ । मलको कृतिम अभाव भएको गुनासोपछि जिल्ला कृषि विकाश कार्यालय भक्तपुरले गरेको अनुगमन गर्दा अनुदानको मल व्यापारिको पसलमा भेटिएपछि दुई मल पसलमा शिल्बन्दी गरिएको छ ।
अनुगमन टोलीले कमलविनायकमा रहेको राधा कृष्ण सप्लार्यस र एनबि एग्रो स्टोरमा शिलबन्दी गरेको हो । राधा कृष्ण सप्लार्यसका संचालक राधाकृण्ण प्रजापतिले नजिकै रहेको सिद्धि गणेश कृषि सहकारी संस्थाबाट एक–एक बोरा युरिया मल ९ सय ५० रुपैयाँमा खरिद गर्ने र आफ्नो पसलमा ल्याएर १ हजार १ रुपैयाँमा बिक्रि गर्ने गरेको पाइएको छ । उक्त सहकारीबाहेक पसल संचालकले समय बचत तथा ऋण सहकारी, जिल्ला सहकारी संघ लगायतका संस्थाबाट फर्जी नाममा सामान्य बिल काटेर मल खदिर गर्ने र मुल्यवृद्धि गरेर बिक्रि गर्ने गरेको भेटिएको हो । प्रजापतिको गोदममा सयौं बोरा युरिया र डिएपी मल फेला परेको छ ।
एन बि एग्रो स्टोरले भने श्रजृना नगर बचत तथा ऋण सहकारीबाट अनुदानको रासायनिक युरिया मल ९ सय ५० रुपैंयामा ल्याएर १ हजार १ सयमा बेच्ने गरेको पत्ता लागेको छ । संचालकले मल खरिद गर्न आउने किसानलाई तोकिएको भन्दा धेरै मुल्यमा बिक्रि गर्ने तर बिल भने नदिने गरेको पनि पाइएको छ । उक्त सहकारीलाई मल खरिद गर्ने सिफारिस जिल्ला कृषि कार्यालयले नै गरेको देखिन्छ ।
सरकारी अनुदानको युरिया मल तोकिएका संस्थाबाट किसानले लैजादा ९ सय ५० र डिएपी २ हजार ४ सय मुल्य तोकिएको छ । तर, व्यापारीहरुले भने युरियाको १ हजार १ सय र डिएपीको २ हजार ५ सय रुपैंयाँमा बिक्रि गर्ने तर बिल नदिने गरेको जिल्ला कृषि विकाश कार्यालयकी प्रमुख पूर्ण ढुंगानाले बताइन् ।
यसरी सहकारी संस्थाको नाममा राज्यको अनुदानबाट आएको रसायनिक मलको दुरुपयोग गर्नेलाई के कारवाहरी गर्ने भन्ने विषयमा प्रमुख जिल्ला अधिकारीसंग छलफल पश्चायत मात्र थाहा हुने ढुंगानाले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार महिनामा साढे चार खर्ब व्यापार घाटा
-
यी हुन् कार्तिक मसान्तसम्म सर्वाधिक निर्यात भएका पाँच वस्तु
-
संसद्वादी दललाई विप्लवको चुनौती– ०८४ को निर्वाचनमा प्रतिस्पर्धा गर्न तयार छौँ
-
सरकारको लगानी उत्पादनसँग जोडेर अघि बढ्नुपर्छ : सभापति बानियाँ
-
कृष्ण सेन ‘इच्छुक’का तीन कविता
-
काठमाडौँमा तीनसहित पाँच जना मृतावस्थामा फेला