शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हिमस्टारद्वारा नयाँ हलोजन हिटर सार्वजनिक

मङ्गलबार, १० पुस २०७५, १७ : ४२
मङ्गलबार, १० पुस २०७५

काठमाडौं– गोल्छा अर्गनाइजेसनको भगिनी संस्था हिम इलेक्ट्रोनिक्स्ले जाडो मौसमलाई लक्षित गरी नयाँ हिटरहरु सार्वजनिक गरेको छ । जाडो मौसममा तातो राख्न विभिन्न तीन मोडलहरु  सार्वजनिक गरेको छ । ४००, ८००, १२०० वाटका रहेका उक्त हिटरहरु सबै पोर्टेबल आकारमा छन् जसले प्रयोगकर्ताहरुलाई वरपर अथवा चारैतिर लैजान सहज हुनेछ ।

यसबाहेक, सबै तीन मोडलहरूमा वाईड अश्सिकिलेटिंग फंक्शन रहेको छ जसले तापलाई चारैतिर फैलाउँछ । सबै मोडेलहरूमा सुरक्षा टिप(ओभर स्विच छ र त्यो सबै प्लास्टिक र धातुको कभरमा उपलब्ध छ । हलोजन हिटरहरूका यी तीन मोडलहरू उत्पादमा १ वर्ष वारेन्टीका साथ आउने कम्पनीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप