शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘आप्पा’ गीत :‘हावा सरर’ भन्दै नाचे दयाहाङ

मङ्गलबार, १० पुस २०७५, ११ : ०२
मङ्गलबार, १० पुस २०७५

काठमाडौं – अभिनेता दयाहाङ राइको मुख्य भुमिका रहेको फिल्म  ‘आप्पा’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘हावा सरर’ बोलको गीतमा राई नै देखिएका छन् । 

गीत नेपाल र भारतको सिमा सन्दकपुरमा छायाँकन गरिएको हो । अनमोल गुरुङको संगीत, उमेश उपमाको शब्द रहेको गीतमा थुप्देन भुटिया र स्नेहाश्री थापाले स्वर दिएका छन् ।

बाबु छोराको सम्बन्धको कथामा निर्माण भएको फिल्म अनमोल गुरुङले निर्देशन गरेका हुन् । निर्देशक अनमोलको यो डेब्यु फिल्म हो 

माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा दयाहाङ राई, सिद्धान्त राज तामाङ, अल्लोना काबो लेप्चा, तुलसी घिमिरे, अरुणा कार्की लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । फिल्म २४ जेष्ठबाट प्रदशर््नमा आउँनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप