कोरियाबाट सिक्नुपर्ने पाठ
ढुनबहादुर बुढाथोकी ‘सङ्घर्ष’
सन् १९६० को दशकसम्म दक्षिण कोरिया संसारका गरिब मुलुकमध्ये एक थियो । त्यसबेला दक्षिण कोरियाली नागरिकको प्रतिव्यक्ति आय ७० अमेरिकी डलर मात्र थियो । जुन अफ्रिकी, ल्याटिन अमेरिकी र दक्षिण एसियाली गरिब मुलुकभन्दा थियो । नेपालभन्दा सानो भूगोल भएको दक्षिण कोरिया अधिक स्रोत साधन भएको मुलुक थिएन । बरु ३ वर्षे कोरियाली युद्धले तहसनहस भौतिक सरचना, प्राकृतिक स्रोत साधनको दुर्लभता, शैक्षिक जनशक्तिको अभाव र अनियन्त्रित जनसङ्ख्या भएको मुलुक थियो ।
दक्षिण कोरियाको आधुनिक विकास सैैनिक शासक पार्क जङ्ग हीले सुरु गरेका थिए । भ्रष्टाचारीलाई कारवाही, खुला उद्योगमैत्री वातावरण, साना तथा मझौला उद्योगहरूको प्रवद्र्धन, ‘सीमा लोङ तोङ’ अर्थात् म गर्न सक्छु भन्ने भावना जागृत गराउने ग्रामीणमुखी, जनमुखी कार्यक्रमले दक्षिण कोरियालाई विकासको गोरेटोमा डोर्याएको थियो । राज्यले ठूलो लगानी गरेर वा बृहत् परियोजना ल्याएर नभई विकास निर्माणमा जनतासँग हातेमालो गर्दा आर्थिक समृद्धिले जीवन्तता प्राप्त गरेको थियो । मानवीय साधनको भरपूर उपायोगका लागि प्रौढ शिक्षा तथा सीपमूलक तालिम प्रदान गरियो । गरिबीको समयमा पश्चिम युरोपका खानी र अस्पातालहरूमा काम गर्दाको सीप र विप्रेषण देश विकासमा उपयोग गरियो । जीवनस्तर उठ्दै जाँदा देशको स्वरूप नै औद्योगीकरणतर्फ मोडिन समय लागेन ।
सन् १९६२ ताका दक्षिण कोरियाले पञ्च वर्षीय योजना सुरुवात गर्यो । त्यसैताका अर्थात् सन् १९६२ मा जापानबाट ८० करोड डलर उपनिवेश क्षतिपूर्तिसम्बन्धी सन्धिबापत अनुदान तथा सरल ऋण प्राप्त गर्यो । उक्त रकम सरकारले सफलतापूर्वक फलाम तथा स्टिल कम्पनी, सडक तथा पूर्वाधारमा खर्च गर्यो । स्टिल कम्पीनमा गरिएको लगानीले कोरियाली स्टिल कम्पनीललाई विश्वको दोस्रो कम्पनीमा स्थापित गर्यो । सरकाले ठूलो लगानी खर्चिएको पोहाङ स्टिल तथा फलाम कम्पनीले क्यालिफर्नियाको किस्टबर्गमा अमेरिकी संयुक्त लगानीमा फ्याक्ट्रीसमेत खोल्न सक्यो । प्रष्ट योजना र दृढताको कारण दक्षिण कोरियाका लागि सन् १९६० देखि १९९० को ३ दशमा स्वणर््िाम दशक सावित भयो । आर्थिक समृद्धि सँगसँगै सन् १९८० मा नागरिको प्रतिव्यक्ति आय १६ सय डलर पुग्यो । सन् १९९० को दशकको मध्यकालमा आइपुग्दा १० हजार डलर चुम्यो । अर्कोतर्फ कूल ग्रार्हस्थ्य उत्पादन ३ दशकमा १७ गुण वृद्धि भयो ।
सन् १९९८ मा सुरुवात भएको आर्थिक मन्दी सन् २००१ मा हल गर्न सरकार सफल भयो । आर्थिक सङ्कट टार्न नागरिकले आपूmसँग भएको सुन सरकारलाई दिए । नागकिरबाट २ सय २७ टन सुन सङ्कलन भयो । उक्त सुन आर्थिक गतिविधिमा उपयोग गर्दा दक्षिण कोरियाली आर्थिक मन्दी लखेटियो । जसको कारण सन २००३ देखि २००७ सम्म आर्थिक वृद्धि दर लगभग ४ प्रतिशत हाराहारीमा पुग्यो । सन् २००८ मा मडारिएको आर्थिक मन्दी छिचोल्न सफल दक्षिण कोरिया सन् २०१० मा ६.१ प्रशितको आर्थिक वृद्धिदरसहित ठूला अर्थतन्त्रको जि–२० बैठक गर्न सफल भयो ।
उत्पादनमूलक क्षेत्रलाई आर्थिक वृद्धिको उत्प्रेरक बनाइरहेको दक्षिण कोरियाली कूल गार्हस्थ्य उत्पादनमा औद्योगिक क्षेत्रको योगदान करिब ४० प्रतिशत रहेको रहेको छ । निर्यात व्यापारलाई आम्दानीको मुख्य स्रोत बनाउन सफल दक्षिण कोरिया अटोमोबाइल, पानी जहाज, विद्युतीय सामग्री र रसायन उत्पादनमा अग्रणी छ । अटोमोबाइलमा दक्षिण कोरियाले रातारात गरेको थिएन् । सन् १९५५ मा विभिन्न मुलुहरूबाट पाटपुर्जा ल्याई एसेम्बलिङ्ग गर्यो । सन् १९६० मा उद्योगको रूपमा केही आधुनिकरण गर्यो । सन् १९६२ मा कियालगायत ३ वटा उद्योगहरू स्थापना भए । सन् १९७५ मा हुन्डाई कम्पनी स्थापना भई आधुनिक अटोमोबाइलहरू उत्पादन सुरुवात भयो । पश्चिममा मुलुकहरूबाट प्रविधि तथा इन्जिनियर झिकाइए । सन् १९८२ सम्म आइपुग्दा अटोमोबाइल निर्यात हुन थाल्यो । सन् १९८२ मा सरकारले अटोमोबाइलाई लाभ पुग्ने खालको नीति ल्यायो । सन् १९९० को दशकमा दक्षिण कोरियाले अटोमोबाइल कम्पनीलाई आधुनीकरण र उच्च प्रविधियुक्त बनायो ।
पानी जहाज उत्पादनमा दक्षिण कोरियाले सजिलै जापानलाई पछाडि पारेको थिएन । अहोरात्रको मिहिनेतका कारण दोस्रो ठूलो पानी जहाज निर्माता तथा निर्यातक मुलुक बनेको थियो । अहिले विश्व बजारको कूल मागमध्ये २९ प्रतिशत आपूर्ति गरिरहेको छ । तेल बोक्ने जहाजदेखि लिएर र अत्याधुनिक पानी जहाज दक्षिण कोरियाले बनाइरहेको छ । सन् १९६० देखि १९९० सम्म पानी जहाजमा एकाधिकार जमाएको जापनलाई पछाडि पार्न सफल दक्षिण कोरियाले हाल समग्र युरोप र जापानको भन्दा दोब्बर जहाज निर्यात गर्दछ । दक्षिण कोरियाली समुद्रीतट त्यो सर्वाधिक जहाज चल्ने तटमा पर्दछ । जहाँ दैनिक लाखौँ टन सामान दक्षिण कोरियाले आफ्नै जहाजमार्फत निर्यात गरिरहेको छ ।
आणविक ऊर्जा उत्पादनमा पनि दक्षिण कोरिया पछाडि छैन । हाल २३ वटा आणविक भट्टीमार्फत् समग्र ऊर्जा आवश्यकताको २९.५ प्रतिशत हिस्सा पूरा गरिरहको उक्त मुलुकले सन् २०३५ सम्ममा कुल ऊर्जाको ६० प्रतिशत हिस्सा आणविक ऊर्जा मार्फत पूरा गर्ने लक्ष लिएको छ । सन् २०३० सम्ममा विश्वभर ८० वटा विद्युतीय आणविक भट्टी बनाउने उसको योजना छ । विद्युतीय तथा तथा प्राविधिक विकासलाई प्राथमिकता दिएको दक्षिण कोरिया विद्युतीय सामग्रीको प्रमुख निर्यातकर्ता पनि हो । कोरिया समासुङ, एलजी जस्ता बहुुर्राष्ट्रिय कम्पनीद्वारा निर्मित कम्पुटर, टीभी, रेफ्रिजेटरलगायतका विद्युतीय सामग्रीहरूले अहिले विश्व बजार छाएको छ । दूरसञ्चार उपकरण, सूचना प्रविधि, रसायन उत्पादन र भौतिक संरचना निर्माणमा पनि दक्षिण कोरिया पछाडि छैन ।
पेट्रोलीयम पदार्थ आवश्यक नपर्ने वातावरणमैत्री सवारी साधन निर्माणलाई उच्च प्राथमिकता दिइरहेको दक्षिण कोरियामा अहिले विश्वकै सफल कम्पनीहरू सञ्चालनमा छन् । सरकारले खुला बजारलाई प्रोत्साहन गर्दै उचित वातवारण पस्किएको छ । त्यसो त आजभन्दा ५ दशक अघिसम्म दक्षिण कोरिया दाताको भरमा चल्दथ्यो । जनसङ्ख्या वृद्धि कावुमा थिएन, शिक्षाको गुणस्तर ख्याउटे थियो । कृषि क्षेत्रको उत्पादनले भोकमरीलाई सम्बोधन गर्न सक्दैथ्यो । युवाशक्ति पलायन हुन बाध्य थिए । लगभग वर्तमान नेपालको जस्तै !
त्यही मुलुक दरिलो राजनीतिक नेतृत्व, स्वाधीन अर्थतन्त्र निर्माण गर्ने दृढता, कुशल योजना, परिश्रम, सर्मपण, लगनशीलता, उच्चतम प्रविधिको विकास र औद्योगीकरणका कारण समृद्ध अर्थतन्त्र बन्न पुगको हो । विश्वको नवौँ ठूलो अर्थतन्त्र, ७औँ ठूलो निर्यातकर्ता, १०औँ आयतकर्ता र २७ हजार ५३३ अमेरिकी डलर प्रतिव्यक्ति आययुक्त मुलुकमा स्तरोन्नति हुनुका पछाडि अन्य कारक तत्व व्यापार व्यवसायमुखी नीति नियम, कानुन र अनुशासनको कडा परिपालना, राजनीतिक नैतिकता, आम जनताको कडा मिहिनेत, लगन र आत्मविश्वास नै हो । आज नेपाली युवा दक्षिण कोरियमा रोजगारका लागि पलाएन हुन लालयित छन । २०१५।१६ सम्ममा ३४ हजार ७ सय बाहिरिएका छन् । २०१६।१७ का लागि ३ हजार ५ सय युवा भाषा परीक्षामा छनौट भएकोमा २०१७।१८ मा १२ हजार ८०० छनौट भएका छन् । मासिक १ लाख अधिक पारितोषित प्राप्त गर्ने हुँदा हाम्रा युवा दक्षिण कोरियामा पलायन भएका हुन् । जसमध्ये १० हजार ५ सय कोरिया पुग्नेछन् । उसले लैजान थालेको ऊर्जाशील युवा तप्का हो । यसको अर्थ कस्तो जनशक्ति, किन दक्षिण कोरियाले नेपालबाट आयात गर्न चाहन्छ बुझ्न कठिन पर्दैन । कुनै दिन नेपालभन्दा कमजोर अर्थतन्त्र भएको दक्षिण कोरियाले जसरी, ‘सिमा लोङ तोङ’ अर्थात म गर्न सक्छु भन्ने विकासको मन्त्र आत्मसात गर्दै जनमुखी आर्थिक कार्यक्रम, विकास निर्माणमा सामूहिकता, मझौला तथा साना उद्योगहरूको प्रवद्र्धन, भ्रष्टाचारको निस्तेज मार्फत जुन आर्थिक समृद्धि हासिल गर्यो । त्यसको सिको वा मौलिक अनुसरण गर्दा नेपाललाई कदापि नोक्सानी हुँदैन, लाभै हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइसिसीका प्रतिनिधिले गरे पोखरा क्रिकेट मैदान निरीक्षण
-
जब कानुनमन्त्रीले प्रधानन्यायाधीशलाई दिनभर कुराए...
-
एनपीएल खेल्न बाबर हायत नेपाल आइपुगे, तस्बिरहरु
-
१० बजे १० समाचार : रविबारे अलमलदेखि सुन किन्नेको भिडसम्म
-
भ्रष्टाचारी उम्कन पाउँदैनन् : मन्त्री गुरुङ
-
प्रधानमन्त्री ओली र विप्लवबिच के भयो कुराकानी ?