बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

थुप्रै वर्षदेखि हराइरहेकी दुबईकी राजकुमारीको ताजा तस्बिर सार्वजनिक, के जबर्जस्ती ल्याइयो ?

मङ्गलबार, १० पुस २०७५, ०९ : १४
मङ्गलबार, १० पुस २०७५

बीबीसी

विगत लामो वर्षदेखि कथित रुपमा गायब बताइएको दुबईकी एक राजकुमारीको ताजा तस्बिर सार्वजनिक भएको छ ।

दुबईको शासककी छोरी शेख लतिफाले मार्च महिनामा कथित रुपमा भाग्ने कोसिस गरेकी थिइन् । प्रत्यक्षदर्शीका अनुसार उनलाई भारतीय तट नजिकैको एक जहाजबाट जबर्जस्ती पक्राउ गरेर ल्याइएको हो ।

जबकी संयुक्त अरब इमिरेट्सले यस्तो रिपोर्टको खण्डन गरेका छन् र उनका अनुसार राजकुमारी आफ्नो घरमा आफ्नो परिवारसँग बसिरहेकी थिइन् ।

यो मामलाले संसारभरीका मानवाधिकार संगठनको ध्यान खिचेको थियो । यी समूहले युएई प्रशासनलाई राजकुमारी सुरक्षित भएको प्रमाण सार्वजनिक गर्न आदेश दिएको थियो ।

सोमबार संयुक्त अरब इमिरेट्सको विदेश मन्त्रालयको तर्फबाट जारी एक बयानमा उनीहरुले राजकुमारी शेख लतिफा सम्बन्धि संयुक्त राष्ट्र मानवाधिकार उच्चायुक्त कार्यालयलाई एक विज्ञप्ति पठाइएको बताएको छ ।

लतिफाको जुन तस्बिर  जारी गरिएको छ त्यसमा उनी मेरी रोबिन्ससँग बसिरहेको देख्न सकिन्छ । मेरी रोबिन्सले मानवाधिकारका लागि संयुक्त राष्ट्रकी पूर्व उच्चायुक्तको रुपमा काम गरिसकेकी छिन् । साथै, उनी आयरल्याण्डकी राष्ट्रपति पनि भइसकेकी छिन् ।

यो तस्बिर कथित रुपमा दुबईमा डिसेम्बर १५ तारिखमा खिचिएको हो ।

संयुक्त अबर इमिरेट्सले एक बयानमा भनेको छ, ‘यो समय दिउँसोको समयमा खिचिएको हो । दुबै सँगै बसिरहेका बेला यी तस्बिर खिचिएको हो र दुबैको सहमतीमा साझा गरिएको हो ।’

सुनको पिँजडाकी चरी : दुबईकी राजकुमारीको ‘आजादी’ को इच्छा

फ्रान्सका पूर्व जासुसले गरे मद्दत ?

‘दुबई भ्रमणको क्रममा मेरी रोबिन्सलाई शेख लतिफालाई उनको आवश्यकता अनुसार र सहायता पाइरहेको कुरामा आश्वस्त गरियो ।’

रिपोर्टका अनुसार दुर्बका शेखकी छोरी शेख लतिफाले स्वतन्त्र जीवन बाँच्नका लागि विदेश भाग्ने कोसिस गरेकी थिइन् ।

एक पूर्व फ्रान्सेली जासुस हर्व जाबर्टले ३३ वर्षकी राजकुमारीलाई भाग्न मद्दत गरेका थिए ।

रिपोर्टका अनुसार जतिबेला उनलाई पक्राउ गरिएको थियो उनको जहाज नोस्ट्रोमा भारतीय तटभन्दा ८० किलोमिटरको दुरीमा थियो । जबर्टले राजकुमारी लतिफालाई उनको इच्छा विपरित जबर्जस्ती हेलिकोप्टरमा बसाएर फिर्ता लगिएको आरोप लगाएका छन् । उनका अनुसार उनको विदेशमा नै शरण लिने इच्छा थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप