शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कन्सुलर सेवाबारे नेपाली श्रमिकलाई जानकारी

सोमबार, ०९ पुस २०७५, २१ : ५५
सोमबार, ०९ पुस २०७५

काठमाडाैै- मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावासले त्यहाँ कार्यरत नेपाली श्रमिकलाई दूतावासका तर्फबाट उपलब्ध गराइने सम्पूर्ण सेवाका बारेमा जानकारी गराएको छ । 

नेपाली दूतावासले आइतबार स्थानीय मेलाका र जोहोर राज्यमा आयोजना गरेको सचेतना कार्यक्रममा श्रमिक, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, विद्यार्थीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा कन्सुलर सेवा, जेलमा रहेका नेपालीको अवस्था, उद्धार प्रक्रिया र श्रमिकको सुरक्षाका समग्र पक्षमा विस्तृत जानकारी गराइएको क्वालालम्पुरस्थित नेपाली दूतावासद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । 


अन्तरक्रियामा सहभागी श्रमिकले राखेका जिज्ञासा तथा गुनासो तत्कालै सम्बोधन गरिएको दूतावासले जनाएको छ । कार्यक्रममा सहभागीले यस्ता अन्तरक्रियात्मक कार्यक्रम निकै प्रभावकारी भएकाले निरन्तरता दिन आग्रह गरेका थिए । क्वालालम्पुरस्थित नेपाली दूतावासले यही पुस १ गते स्थानीय पेनाङ शहरमा पनि नेपाली श्रमिकसँग अन्तरक्रिया कार्यक्रम गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप