शनिबार, १५ मङ्सिर २०८१
ताजा लोकप्रिय

काठमाडौं विश्वविद्यालयका विद्यार्थीले पाए प्रिक्सा एक्सिलेन्स अवार्ड

सोमबार, ०९ पुस २०७५, १८ : १०
सोमबार, ०९ पुस २०७५

काठमाडौं– काठमाडौं विश्वविद्यालयका विद्यार्थीहरुलाई प्रिक्सा एक्सिलेन्स अवार्ड प्रदान गरिएको छ । प्रिक्सा टेक्नोलोजिजले सोमबार काठमाडौं विश्वविद्यालयको कम्युप्युटर साइन्स एवम् कम्प्युटर विभागका लागि सत्तरी हजार बराबरकोे ‘प्रिक्सा एक्सिलेन्स अवार्ड’ प्रदान गरेको हो ।

यस अवार्ड अन्तर्गत दोश्रो वर्षको उत्कृष्ट विद्यार्थीले रु बीस हजार र तेश्रो वर्षको उत्कृष्ट विद्यार्थीले ५० हजार रुपैयाँ नगद र प्रमाणपत्र प्राप्त गरेका छन् । कार्यक्रममा विभागका प्रमुख डा.वालले भने, ‘यस अवार्डले विद्यार्थीहरु माझ थप ऊर्जा तथा प्रोत्साहन प्रदान गरेको छ, यसका लागि प्रिक्सा समुहलाई धन्यवाद ।’ 

सो अवार्डको निर्णायक मण्डलमा रहेका प्रिक्साका प्रमुख कार्यकारी अधिकृत मनिषकुमार शर्माले आउँदा दिनहरुमा यस्ता कार्यक्रमहरु अझै शसक्त रुपमा अघि बढाउने प्रतिबद्धता र आशा व्यक्त गरे । 
प्रिक्साका कम्पनी ब्यापार प्रबर्धन विभाग प्रमुख, प्रयास राज कोइरालाले पुरस्कृत विद्यार्थीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै काठमाडौँ विश्वविद्यालयमा मात्र नभई नेपालको समग्र शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि गर्नका निम्ति अन्य सहकार्य अगाडी बढाउदैँ जाने बताए ।

पाँच वर्षअघि नेपाली यूवाहरुद्वारा स्थापित प्रिक्सा टेक्नोलोजिज सफ्टवेयर, वेभ सिस्टम, कन्टेन्ट म्यानेजमेन्ट सिस्टम, बिग डाटा, क्लाउड इन्फ्रास्ट्रकचार म्यानेजमेन्ट लगायतका क्षेत्रमा काम गर्दै आएको छ । हाल कम्पनीले थाहाखबर, रातोपाटी, उज्यालो अनलाइन, लोकान्तर सञ्चारलगायत दर्जनौं अनलाइन सञ्चारमाध्यम तथा संघसस्थासँग सहकार्य गरिरहेको छ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप