पत्रकार महासंघद्वारा विधान मस्यौदा समिति गठन
काठमाडौँ– नेपाल पत्रकार महासङ्घले उपाध्यक्ष विपुल पोखरेलको अध्यक्षतामा विधान मस्यौदा समिति गठन गरेको छ ।
हालै धनकुटामा सम्पन्न प्रदेश अध्यक्षरमहासचिव र शाखा अध्यक्षको राष्ट्रिय सम्मेलनले महासङ्घलाई प्रत्यक्ष निर्वाचन प्रणालीमा लैजान दिएको निर्देशनसहितको मार्गनिर्देशनलाई पूरा गर्न सो समिति गठन गरिएको हो ।
महासङ्घद्वारा आज यहाँ जारी विज्ञप्तिमा सम्मेलनले आगामी फागुन ९ र १० गते कास्कीको पोखरामा केन्द्रीय साधारणसभा तथा विधान अधिवेशन आयोजना गर्ने निर्णय गरेको जनाएको छ ।
सो अधिवेशन आयोजना गर्न महासङ्घका अध्यक्ष गोविन्द आचार्यको संयोजकत्वमा केन्द्रीय समिति, गण्डकी प्रदेश समितिका पदाधिकारी, गण्डकी प्रदेशका शाखा अध्यक्ष रहेको मूल आयोजक समिति गठन गरेको विज्ञप्तिमा जनाइएको छ ।
साथै श्रमजीवी पत्रकार ऐन कार्यान्वयन र समानुपातिक विज्ञान नीति कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षणसमेत महासङ्घले विज्ञप्तिमार्फत गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छोरीको मृत्युबारे तान्याले भनिन्– गलत उपचारका कारण छोरीले ज्यान गुमाइन्
-
दुई वर्षदेखि बरेङमा ‘घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य’
-
ईसेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत काठमाडौँमा घर जित्ने विजेता घोषणा
-
बगरफाँट–भकिम्ली सडक : ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
-
एनपीएलको उत्कृष्ट नेपाली खेलाडीले ओमोडा इफाइभ एसयूभी पाउने
-
एनपीएलका प्रत्येक चौकामा एनसेल फाउन्डेसनले ४ वटा शैक्षिक सामाग्री वितरण गर्ने