सुशासन र विकासको नेतृत्व लिन तयार होऊ : प्रधानमन्त्री ओली
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सुशाासन र विकासको नेतृत्व लिन सबै सरकारी निकायलाई निर्देशन दिएका छन् ।
जनताले सरकारलाई आफ्नो मत दिएर सहयोग गरिसकेको भन्दै उनले सुशासन र विकासको नेतृत्व गर्ने दायित्व र जिम्मेवारी सरकार र सरकार मातहतका निकायको भएको दाबी गरे ।
आईतबार काठमाडौंमा सरकारी वकिलहरुको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अपराधमुक्त समाज निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्न महान्यायाधिवक्ता र मातहतका निकायलाई आग्रह गरेका हुन् । समाजलाई अपराधमुक्त बनाउन प्रभावकारी अनुसन्धान गरि अभियोजनमा जानुपर्नेमा उनले जोड दिए ।
प्रधानमन्त्री ओलीले चुनावमार्फत मुलकमा राजनीतिक स्थिरता र स्थायित्व कायम भएकाले अस्थिर राजनीतिमा चलखेल गर्ने सबै किसिमका क्रियाकलाप अन्त्य भएको दाबी गरे । विकास र सम्बृद्धि हासिल गर्ने सवालमा सरकारसँग स्पष्ट दृष्टिकोण सहितका नीति भएको पनि उनले उल्लेख गरे ।
३ दिनसम्म चल्ने सम्मेलनमा फौजदारी संहिताको प्रभावकारी कार्यान्वयनका सम्बन्धमा छलफल गरि साझा धारणा तय गरिनेछ । सम्मेलनमा महान्यायाधिवक्ता, २३ जना सहमहान्यायाधिवक्ता सहित ३ सय ७९ जना सरकारी वकिल र ८० बढी प्रतिनिधिहरु पर्यवेक्षकको रुपमा सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने
-
सुडानमा ड्रोन आक्रमणमा परी २३ जनाको मृत्यु
-
सार्वजनिक सेवा प्रसारणको अध्यक्ष नियुक्तिका लागि कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताको मिति तय
-
लाइसेन्स परीक्षामा नक्कली परीक्षार्थी पक्राउ
-
१० बजे १० समाचार : रास्वपाका सांसदद्वारा सर्कुलर बेवास्ता, दीपक भट्टलगायतविरुद्ध मुद्दा
-
जापानकाे फुकुशिमामा आणविक प्रदूषित फोहोर पानी निष्कासन कार्य सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण