बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

स्टार्टअप भ्यालिमा "केक नाइन" को दमदार उपस्थिति

आइतबार, ०८ पुस २०७५, १७ : ०२
आइतबार, ०८ पुस २०७५

काठमाडौ– अनलाईन मार्फत केक बिक्रीमा नेपालमै अग्रस्थानमा रहेको केक 9 ले आफ्नो दमदार उपस्थिति देखाएको छ ।

विशेष गरेर केकको गुणस्तरकै कारण धेरैले केक 9 डट कम बाट केक खरिद गर्ने गरेका छन।  

केक 9 ले हरेक उत्सबमा अर्डर बमोजिम १ घण्टा देखि बढीमा ६ घण्टामा ग्राहकले अर्डर गरेको स्थानमा पुर्याउने गरेको छ ।

केक 9 कै कारण पछिल्लो समय जन्मदिन मात्रै होइन हरेक उत्सबमा केक काट्ने चलन सुरुवात भएको कम्पनीले बताएको छ ।

काठमाडौंको सोल्टी होटलमा आयोजित नेपालकै उत्कृश्ट नव उद्धम (स्टार्ट अप) हरुको मेला ‘नेक्स्ट ग्रोथ कन्क्लेव २०१८’ नामक कार्यक्रममा केक 9 को  उपस्थिति रहेको थियो ।  कार्यक्रम अवलोकनमा आएका धेरै दर्शकहरुको ध्यान तान्न केक 9 सफल भयो ।

उक्त कार्यक्रममा उद्योगपति बिनोद चौधरीले केक 9 को स्टलमा विशेष चासो देखाउनुका साथै प्रसंसा पनि गरे ।

कार्यक्रम स्थलबाटै करीब २९ वटा संस्थाहरुले आफ्नो संस्थाहरुले केक 9 मार्फत अर्डर गर्ने प्रतिबद्धता गरेको केक 9 का प्रमुख कार्यकारी अधिकृत दिवस अधिकारी ले बताए। 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप