बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

‘अल स्क्रिन ट्रेण्ड’को अगुवाइ गर्दै ओपोले सार्वजनिक गर्यो ‘फाइन्ड एक्स ५जीप्रोटो टाइप’

आइतबार, ०८ पुस २०७५, १५ : ३२
आइतबार, ०८ पुस २०७५

काठमाठौं– सेल्फी एक्सपर्ट ओपोले आफ्नो फाइन्ड एक्स ५जीप्रोटो टाइप सार्वजनिक गरेको छ । चीनको सर्वाधिक ठूलो दुरसञ्चार सेवाप्रदायक चाइना मोबाइलको एक महत्वपूर्ण रणनैतिक साझेदारका रुपमा ओपोले आफ्नो फाइन्ड एक्स ५जीप्रोटो टाइप सार्वजनिक गरेको हो ।

ओपोले डिसेम्बर ६ देखि ८ सम्म गुआंगजौमा आयोजित ‘२०१८ चाइना मोबाइल ग्लोबल पार्टनर्स कन्फरेन्स’मा पहिलो पटक फाइन्ड एक्स ५जीप्रोटो टाइप सार्वजनिक गरेको हो । विश्वभरका आफ्ना औद्योगिक साझेदारहरुसंग सहकार्य गर्दै नयाँ  ५जी औद्योगिक पर्यावरणको विकास गर्ने ओपोको उद्देश्य रहेको छ । 

यसै बर्षको सुरुवातमा सार्वजनिक ओपो फाइन्ड एक्स फ्ल्यागशिप स्मार्टफोनले स्मार्टफोन उद्योगमा ‘अल स्क्रिन ट्रेण्ड’को अगुवाइ गरिरहेको छ । विकसित देशहरुमा थप उपभोक्ता बृद्धि गर्ने लक्ष्य लिएर फाइन्ड एक्सका साथमा ओपोले पश्चिम यूरोपेली बजारमा प्रवेश गर्यो ।

ईञ्जिनियरिङ स््याम्पल स्न््याप ड्र्यागन ८५५, एक्स५० र ५जीमोडेम सहितको ओपो फाइन्ड एक्स ५जीप्रोटो टाइपले अदृतिय ५जी पर्फरमेन्स दिने क्षमता राख्छ । यो उत्पादनले ग्लोबल पार्टनर्स कन्फरेन्सको अत्यधिक अवलोकनकर्ताको ध्यान आफूतिर खिच्न सफल रहेको कम्पनीको दावी छ । कार्यक्रममा ओपो, क्वालकम र किसाइट टेक्नोलोजिज् ईंक (अग्रणी विद्युतिय नामक कम्पनी)ले ५जी डाटा कनेक्टिभिटी तथा एप्लिकेशन (ब्राउजिङ, अनलाइन भिडियो रिप्ले र भिडियो कल) लगायत फाइन्ड एक्स ५जीप्रोटो टाइप मार्फत प्रदर्शित थियो । 

सम्मेलनमाबोल्दै ओपो ग्लोबल भाइस प्रेसिडेन्ट तथा प्रेसिडेन्ट अफ चाइना विजनेश ब्रायन शेनले भने, ‘सन् २०१९मा कमर्शियल ५जी स्मार्टफोन सार्वजनिक गर्ने ओपो पहिलो कम्पनी हुनेमा हामी विश्वस्त छौँ ।’ 
भविस्यलाई ध्यानमा राख्दै ओपोले ५जी+अवधारणा सार्वजनिक गरेको छ । ५जी+ यूगमा सबैकुरा कनेक्टेड हुने र ‘एक्स्पेरियन्स ईज किङ’हुने कम्पनीको विश्वास छ । ५जी नेटवर्क मार्फत सञ्चालन हुने विभिन्न स्मार्ट उपकरणको सञ्चालनकालागि स्मार्टफोन मूल आधार हुनेछ ।

स्मार्ट हेल्थ तथा स्मार्ट होम जस्ता अवधारणाका लागि पनि स्मार्ट फोन केन्द्र विन्दुका रुपमा स्थापित हुनेछ । ५जी तथा अन्य अत्याधुनिक प्रविधिको मिलन विन्दुलाई ध्यानमा राख्दै ओपोले समग्र उद्योगसंग सहकार्य गर्दै ५जी+नवप्रबर्तनात्मक ईको सिस्टम निर्माण गर्दैछ, ’शेनले भने ।

‘ओपोले ५जीलाई एआई, बिग डाटा र क्लाउड कम्प्युटिङको साथमाथप अगाडी लाँदै स्मार्टफोन र स्मार्ट उपकरणलाई वास्तवमै  बुद्धिमानी निजी सहायकका रुपमा विकास गर्ने योजना बनाएको छ । भविस्यमा ५जी उपयोगिताको वातावरण र उत्कृष्ट ५जी एप्लिकेशन्सहरु प्रस्तुत हुनेछन् र तिनले प्रयोगकर्तालाई बहु आयामिक अनुभव दिनेमा हामी विश्वस्त छौँ’, ओपो रिसर्च ईन्स्टिच्यूटका प्रमुख लेभिन ल्यूले भने ।

५जी ईकोसिस्टम निर्माणका लागिओपोले क्वालकम, नेटवर्क पूर्वाधार निर्माता, दूरसञ्चार सेवाप्रदायक लगायत अन्य सप्लाई चेन पार्टनरहरुसंग आफ्नो सहकार्य थप सुदृढ बनाउँदै लगेको छ । चीनमा ५जी उपकरणको ब्यवसायीकरणमा तिब्रताकालािग ओपोले चाइना मोबाइलसंग सहकार्य गरिरहेको छ । त्यसैगरी चाइना मोबाइलको ‘५जी डिभाइस फोर रनर ईनिसिएटिभ’ मार्फत  ५जी ईकोसिस्टमको निर्माण गर्ने छ । चीन बाहिर भने ओपो यूरोप, अष्ट्रेलिया तथा अन्य ओभरसिज मोर्कटहरुसंग अर्को बर्ष ब्यापारिक ५जी उत्पादन सार्वजनिक गर्ने योजनाका साथ छलफल प्रक्रियामा ब्यस्त छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप