शनिबार, १५ मङ्सिर २०८१
ताजा लोकप्रिय

ल्होसारलाई आन्दोलनका रुपमा मनाइँदै

आइतबार, ०८ पुस २०७५, १२ : ३२
आइतबार, ०८ पुस २०७५

बुटवल– तमु ह्युल छोँज धि गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्य समिति रुपन्देहीले विविध कार्यक्रमसहित तमु ल्होसार मनाउने भएको छ । सरकारले आदिवासी जनजातीका विदा कटौती गरेको विरोधस्वरुप ल्होसारलाई आन्दोलन रुपमा मनाउन थालिएको हो 

आज बुटवलमा पत्रकार सम्मेलन गरी गुरुङ राष्ट्रिय परिषदले तमु ल्होसारमा दिइँदै आएको सार्वजनिक विदा सरकारले कटौटी गरेमा आपत्ति जनाउदै तमु ल्होसारका कार्यक्रमहरु आन्दोलन स्वरुप मनाउन थालिएको जनाएको छ । परिषदले पत्रकारसम्मेलनमा कालो ब्यानर बनाएर सरकारको बिरोध गरेको छ । अन्य कार्यक्रम पनि आन्दोलनका रुपमा आयोजना गरीने जिल्ला अध्यक्ष विमला तमुले बताईन् ।

परिषदले पुष १० गते रुपन्देहीका बिभिन्न स्थानमा सरसफाई तथा चियापान, ११ गते बुटवल र भैरहवाका अस्पतालमा फलफुल वितरण, १२ गते जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा धर्ना, १३ गते बुटवलमा रक्तदान, १४ गते बुटवलमा नै बृहत्त झाकि सहित बिरोध र्याली र १५ गते मुख्य दिन बुटवलमै बृहत्तर ल्होसार सार्वजनिक कार्यक्रम गर्ने तय गरेको छ ।

यस अघि पनि सरकारले तमु ल्होसारको विदा कटौती गरेको भन्दै तमु ह्युल छोँज धि गुरुङ राष्ट्रिय परिषदले देशैभरिका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै तमु ल्होसार (पुस १५) मा राष्ट्रिय विदा दिन सरकारसँग माग गरेको परिषदका सल्लाहकार भीम गुरुङले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप