सिरहामा टेलिकमको रिपिटर टावर नजिकै प्रेसरकुकर बम फेला
सिरहा । सिरहा सिरहाको गोलबजार नगरपालिका ४ स्थित नेपाल टेलिकमको टावर नजिक शक्तिशाली प्रेसर कुकर बम भेटिएको छ ।
गोलबजारको मुख्य बजार क्षेत्रदेखि दक्षिण बलकवा जाने बाटोमा पर्ने बस्तीदेखि ५० मिटर पश्चिम र टेलिकमको रिपिटर टावरनजिकै बम भेटिएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।
प्रहरीका अनुसार बाहिर प्रेसरकुकर देखिएपनि घाँसभित्र राखिएकाले के हो भन्ने यकिन हुन सकेको छैन ।
घटनास्थलमा नेपाली सेनाको बम डिस्पोजल टोली, सशस्त्र प्रहरी र नेपाल प्रहरीले घेरा हालेर राखेका छन् ।
स्वतन्त्र तराई निर्माण सेनाको पर्चा
बम भेटिएको ठाउँ नजिकै ‘स्वतन्त्र तराई निर्माण सेना’ को पर्चा भेटिएको छ ।
मिति, छाप र आधिकारिक हस्ताक्षर समेत नरहेको पर्चामा औपनिवेशिक शासनविरुद्ध तराई मुक्ति आन्दोलनले पहिलो दशक पूरा गरी दोस्रो दशक सुरु भएको र त्यसका लागि हुने संघर्षलाई निरन्तरता दिन सहयोगको अपेक्षा गरिएको उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारको चाहना ‘डोमेस्टिक वर्कर’, नेपालको चाहना ‘श्रम समझदारी रिभ्यू’
-
बागमतीको समृद्धि : उत्पादन र रोजगारीमा वृद्धि
-
उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने
-
आज यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा, लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा