अरिंगाल व्यापारः ‘गोलभेडा बेच्न गाह्रो छ, अरिंगाल पुर्याउन सकेको छैन’
बुटवल । प्रायः वन पाखाका भेटिने अरिंगालले तपाईं हामीलाई टोक्लाकी भन्ने डर हुन्छ । अरिंगाललाई जिस्काउँदा मानिसलाई आक्रमण गर्छ । कतिपय बेला टोक्छ पनि । एकैपटक धरै अरिंगालले टोक्दा मानिसको ज्यान गएको समाचार पनि हामीले कहिले काहिँ सुनेका छौं ।
तर पाल्पा–रिब्दीकोट गाउँपालिका–४, भैरवस्थानका गम्भीर आलेले अरिंगालको व्यापार गर्छन्, भन्दा अनौठो मान्नुपर्दैन् । होटल रुफ टपमा अरिंगाल ‘फ्राई’ गरेर व्यापार गर्छन् । ग्राहकलाई आकर्षित गर्छ । उनले यो सिजनमा ५०/६० हजार भन्दा बढी आम्दानी गरे ।
अरिंगालको परिकार निकै स्वादिलो हुन्छ । होटलमा अरिंगालको परिकार चाख्नका लागि मानिसहरुको भीड लाग्छ । अरिंगाललाई जिस्कायो भने मानिसलाई टोक्छ तर, आले त्यही अरिंगालको व्यापारबाट राम्रो आम्दानी गर्छन् । विगत छ वर्षदेखि अरिंगालको व्यापारबाट मनग्य आम्दानी गर्न सफल भएका छन् आले ।
अहिले व्यापार कम
यसवर्ष अरिंगालले गोलो कम लगाएपछि आम्दानी पनि कमी भयो । गतवर्ष अरिंगालले गोलो धेरै लगाएकोले डेढ लाखभन्दा बढी आम्दानी भएको आलेको भनाई छ । होटलमा नास्ता खाना आउनेहरुलाई सुरुसुरुमा अरिंगाल पनि छ भनेपनि अरिंगालप्रति बढी रुची देखाएपछि यसको व्यवसाय गर्न थालेको आलेले बताए ।
अंरिगालको गोलोलाई निकै जोखिम मोलेर पोल्नुपर्ने बाध्यता छ । गोलाबाट अरिंगाल बाहिर निस्केर मानिसलाई समेत टोक्छ, उस्तै परे ज्यान पनि जान सक्ने खतराका मोलेर उनी अहिले सफल व्यवसायी बनेका छन् ।
‘होटलमा स्थानीय कुखुरा, खसीको मासुका परिवार बनेपछि मानिसहरु अरिंगालको परिकार बढी खोज्छन् । प्रतिकिलो अरिंगाल एक हजार २ सय रुपैयाँमा खरिद हुन्छ । हामीले एक प्लेट अरिंगालको परिकारलाई २५० रुपैयाँमा बेचिन्छ,’ आलेको भनाई छ । आलेले माग अनुसार अरिंगालको परिकार उपलब्ध गराउन सकेका छैनन् ।
किन रुचाउँछन् ?
शरीरमा चिसो हुनेहरुले अरिंगालको परिकार औषधिका रुपमा समेत लिन्छन् । एकपटक अरिंगाल खाएकाहरुले विशेष गरी अरिंगाल खान रुचाउने अरिंगाल पारखीको भनाई छ । अरिंगाल एकपटक खाएर गएकाहरुले पटक–पटक अरिंगाल छ कि छैन भनेर फोन भइरहन्छ । पाल्पा सदरमुकाम तानसेन, पोखरा, काठमाडौं, तम्घास, बुटबलबाट अरिंगालको माग हुने गर्छ ।
रिब्दीकोट गाउँपालिका–४, भारकोटका ज्ञानबहादुर आलेले हालसम्म १८/१९ अरिंगालको गोला पोलेको सुनाए । भैरवस्थानमा प्रतिकिलो अरिंगाललाई एक हजार २ सय र तानसेनमा एक हजार ५ सय रुपैयाँमा बिक्री हुने आलेको भनाई छ ।
आलेले भैरव जनता माविमा कक्षा ११ मा अध्ययनरत छोराको स्कुल खर्च अरिंगाल पोलेर नै जोहो गर्ने बताए । ‘निकै मिठो हुने भएको पहिला–पहिला अरिंगाल पोलियो, अहिले अरिंगाल पोलेर बेच्न थालेको छ,’ आलेले भने, ‘एक्लै पोल्न समस्या हुन्छ, साथीभाईको सहयोगमा मात्र अरिंगाल पोल्न सम्भव हुन्छ ।’
अग्ला रुखमा अरिंगालका गोलो लगाउने भएकोले पोल्न समस्या हुन्छ । आलेका अनुसार १५÷१६ पटक अरिंगालले टोक्यो । केहीलाई एलर्जी समेत हुने गर्दछ । अरिंगाललाई पारखीहरुले शक्तिबद्र्धक भोजनको रुपमा स्वाद लिन्छन् ।
साउनदेखि कात्तिक–मंसिरसम्म अरिंगालको सिजन मानिन्छ । कालो र सेतो अरिंगालले रुखमा गोला बनाएर बस्ने गर्छ । धेरै अरिंगालले एकैपटक टोक्यो भने ज्यानै जानेसम्मको खतरा हुन्छ ।
हुर्किसकेको माउभन्दा विशेष गरी लार्भा स्वादिलो हुने गर्दछ । ‘खेती किसानी गर्ने हो, अरिंगाल जति भए पनि बेच्न गाह्रो छैन’, उनले भने ‘गोलभेडा बेच्न गाह्रो छ, अरिंगाल पुर्याउन सकेको छैन ।’
खासगरी पहाडी भेलामा अरिंगाल खाने, पोल्न जाने प्रचलन छ । चिसो भगाउने र स्वास्थ्यको लागि राम्रो हुने विश्वास भएपनि देवदह मेडिकल कलेजका चिकित्सक डा.मोहनलाल तिवारीले ६ वटा अरिंगालले एकैपटक टोक्दा ज्यान पनि जान सक्ने बताए ।
उनले अरिंगालले टोकेको विरामीलाई ४८ घण्टासम्म चिकित्सकको निगरानीमा राख्ने गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुवेदी, कक्षपति र शर्मालाई त्रिमूर्ति पुरस्कार
-
‘एक्टिङ स्टार’ को डिजिटल अडिसनमा ५०० भन्दा बढीको आवेदन
-
होण्डाको चाडपर्व योजनामा भाग्यशाली विजेताले पाए १० लाख रुपैयाँ
-
नेप्से १५.८३ अंकले बढ्यो
-
लिथुआनियामा कार्गो जेट दुर्घटना, एकको मृत्यु
-
मोरङका ग्रामथान गाउँपालिका अध्यक्ष पदका यी हुन् १६ उम्मेदवार (नमुना मतपत्रसहित)