क्रिश्चियन धर्म प्रचारमा बालबालिका प्रयोग
काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा पछिल्लो समय धर्म प्रचारमा बालबालिकाकोे प्रयोग बढ्दै गएको पाइएको छ ।
विद्यालय उमेरका बालबालिकालाई बनेपा नपा–८ स्थित बेतानी चर्चले क्रिश्चियन धर्मको प्रचारमा प्रयोग गरेको हो । आधा दर्जन बालबालिका आज बिहान बजारका पसल तथा बाटो हिँडिरहेका व्यक्तिलाई क्रिश्चियन धर्मसम्बन्धी प्रचारका विभिन्न पुस्तक बाँड्दै हिँडेका देखिन्थे ।
१० देखि १३ वर्षसम्मका बालबालिका हातमा दर्जनौँ पुस्तक लिएर हिँडिरहेको अवस्थामा भेटिएका हुन् ।
बनेपा जनागालका मुक्ति विष्टले पछिल्लो समय बालबालिकालाई यसरी प्रयोग गर्नेको सङ्ख्या बढ्दै गइरहेको बताए । “ल हेनुहोस्, अङ्कल यो किताब पढ्नुुस् है भन्दै सानासाना बालकले क्रिश्चियन धर्मसम्बन्धी पुस्तक दिएर गए” उनले भने । केही नबुझ्ने बालबालिकालाई किन प्रचारमा पठाइएको होलान् उनको प्रश्न थियो ।
आफूलाई युसुफ बताउने पुस्तक बाँडिरहेका १२ वर्षका बालकले “चर्चको अङ्कलले बजारका पसल र बाटोमा हिँड्ने मान्छेलाई पुस्तक दिनु” भनेर पठाएको बताए । उनीसँगै पनौती र काठमाडौं इमाडोल घर बताउने अन्य दुई बालक पनि पुस्तक बाँड्दै हिँडेका भेटिए । “यी किताब बाँडिसकेपछि अङ्कलले चक्लेट किनिदिनुहुन्छ” साइमन नाम गरेका अर्का बालकले खुशी हुँदै भने । बिहानको चिसोमा किताब बाँडिसकेर चर्चको ‘प्रार्थना’मा जान उनी हतारिएका देखिन्थे ।
यस विषयमा बेतानी चर्चका पाष्टर सुजन सुन्दासले भने आफूहरुले कुनै उद्देश्यका साथ बालबालिकालाई प्रयोग नगरेको दाबी गरे ।
जिल्लाका मानव अधिकारकर्मी भोजराज तिमल्सिनाले जिल्लामा पछिल्लो समय धर्म र राजनीतिमा बालबालिका प्रयोग बढ्दै जानु दुःखद् भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर गणेशमान सिंह टी–२० राष्ट्रिय क्रिकेट : लुम्बिनीले सजिलै हरायो कर्णालीलाई
-
नयाँ सरकार निर्माणमा प्रदेश प्रमुखले संविधान विपरीत काम गरेको कांग्रेसको निष्कर्ष
-
लुम्बिनीमा मन्त्रीमण्डल बिस्तार, ५ बजे शपथ
-
के हो दुबईमा वर्षा गराउन प्रयोग गरिएको क्लाउड सिडिङ प्रविधि ?
-
आकाश चोपडा भन्छन्– ‘हार्दिकले मुम्बईसँगै गुजरातलाई पनि डुबाए’
-
डा. विमल कोइराला : ‘भूतले खाजा खाने बेला’को जागिरदेखि मुख्यसचिवसम्म