नेपाल पिबिसीको सङ्गठन कमिटीको सदस्यमा निर्वाचित
शनिबार, ०७ पुस २०७५, १५ : ३४
काठमाडौँ । नेपाल संयुक्त राष्ट्रसङ्घीय शान्ति निर्माण आयोग (पिबिसी) को सङ्गठन कमिटीको सदस्यमा निर्वाचित भएको छ । महासभा समूहअन्तर्गत नेपाल दुई वर्षका निम्ति सदस्यमा आज निर्वाचित भएको हो ।
नेपालसँगै इजिप्ट, ग्वाटेमाला, केन्या, मेक्सिको पनि कमिटी सदस्यमा चयन भएका न्यूयोर्कस्थित संयुक्त राष्ट्र सङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।
नेपालले सदस्यको पदभार यही पुस १७ गतेदेखि सम्हाल्ने छ । उक्त पदमा नेपाल एशिया–प्रशान्त क्षेत्रका देशबाट सर्वसम्मत रुपमा निर्वाचित भएको हो ।
विश्व शान्ति स्थापनार्थ सञ्चालित संयुक्त राष्ट्रसङ्घीय शान्ति कार्यदलमा नेपाली सेना र नेपाल प्रहरीबाट सुरक्षा दस्ता पठाएर योगदान गर्ने विश्वको पाँचौँ राष्ट्र नेपाल हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छोरीको मृत्युबारे तान्याले भनिन्– गलत उपचारका कारण छोरीले ज्यान गुमाइन्
-
दुई वर्षदेखि बरेङमा ‘घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य’
-
ईसेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत काठमाडौँमा घर जित्ने विजेता घोषणा
-
बगरफाँट–भकिम्ली सडक : ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
-
एनपीएलको उत्कृष्ट नेपाली खेलाडीले ओमोडा इफाइभ एसयूभी पाउने
-
एनपीएलका प्रत्येक चौकामा एनसेल फाउन्डेसनले ४ वटा शैक्षिक सामाग्री वितरण गर्ने