शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रवि ओड बने दोस्रो नेपाल आइडल

शुक्रबार, ०६ पुस २०७५, २१ : १५
शुक्रबार, ०६ पुस २०७५

काठमाडौं । निकै चासोका साथ हेरिएको सिजन–२ नेपाल आइडलको विजेता रवि भएका छन् । उनले २२ लाख र गोल्डेन माइक पाएका छन् । 

यो पटकको आइडल ‘फिनाले’ ललितपुरस्थित पुल्चोक इन्जिनियरिङ क्याम्पसमा भएको थियो । 

यस्तै विक्राम बराल फस्ट रनर अप भएका छन् भने सुमित पाठक दोस्रो संस्करणको नेपाल आइडलमा सेकेण्ड रनर अप भएका छन् । उनीहरुले क्रमशः २० लाख र १२ लाख बराबरको चेक पाएका छन् । 

त्यसैगरी दोस्रो संस्करणको नेपाल आइडलमा अस्मिता अधिकारी थर्ड रनर अफ भएकी छन् । उनले होन्डाको तर्फबाट स्कुटर पनि प्राप्त गरेकी छन् । 

अन्नपूर्ण नेटर्वकका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, म्यानेजिङ डाइरेक्टर लक्ष्मी पौडेल, अन्नपूर्ण मिडिया नेटर्वकका ग्रुप सम्पादक विजयकुमार पाण्डे, नेपाल आइडलका निर्देशक सुरेश पौडेललगायतले  उनीहरुलाई पुरस्कार वितरण गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप