रवि ओड बने दोस्रो नेपाल आइडल
शुक्रबार, ०६ पुस २०७५, २१ : १५
काठमाडौं । निकै चासोका साथ हेरिएको सिजन–२ नेपाल आइडलको विजेता रवि भएका छन् । उनले २२ लाख र गोल्डेन माइक पाएका छन् ।
यो पटकको आइडल ‘फिनाले’ ललितपुरस्थित पुल्चोक इन्जिनियरिङ क्याम्पसमा भएको थियो ।
यस्तै विक्राम बराल फस्ट रनर अप भएका छन् भने सुमित पाठक दोस्रो संस्करणको नेपाल आइडलमा सेकेण्ड रनर अप भएका छन् । उनीहरुले क्रमशः २० लाख र १२ लाख बराबरको चेक पाएका छन् ।
त्यसैगरी दोस्रो संस्करणको नेपाल आइडलमा अस्मिता अधिकारी थर्ड रनर अफ भएकी छन् । उनले होन्डाको तर्फबाट स्कुटर पनि प्राप्त गरेकी छन् ।
अन्नपूर्ण नेटर्वकका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, म्यानेजिङ डाइरेक्टर लक्ष्मी पौडेल, अन्नपूर्ण मिडिया नेटर्वकका ग्रुप सम्पादक विजयकुमार पाण्डे, नेपाल आइडलका निर्देशक सुरेश पौडेललगायतले उनीहरुलाई पुरस्कार वितरण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
-
तुलसी अधिकारीको थुनछेक बहस सुरु
-
कोरम नपुगेपछि सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण