प्रदेश नम्बर २ को चुनाव सार्ने निर्णयमा यस्तो आयो एमालेको प्रतिक्रिया
काठमाडौं– प्रदेश २ को चुनाव सार्ने निर्णयको नेकपा एमालेले विरोध गरेको छ । एमाले महासचिव इश्वर पोखरेलले सरकारबाटै चुनावी प्रक्रियालाई अवरोध पुर्याउने काम भएको भन्दै यसले संविधान कार्यान्वयनमै अवरोध पुग्ने दाबी गरे ।
उनले चुनावका लागि निर्वाचन आयोगले सम्पूर्ण तयारी पूरा गरिसकेको तथा सुरक्षा व्यवस्था पनि मजबुद रहेको अवस्थामा गैरराजनीतिक चरित्र प्रदर्शन गर्नेहरुको लहैलहैमा लागेर चुनाव सारिनु दुर्भाग्यपूर्ण भएको प्रतिक्रिया दिए ।
यस्तै एमाले सचिव पृथ्वी सुब्बा गुरुङले पनि जातीयताको राजनीति गर्नेहरुसँग कांग्रेस र माओवादी केन्द्रले गलत सम्झौता गरेको भन्दै यसविरुद्ध पार्टीले देशव्यापी अभियान चलाउने बताए ।
आज सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्र तथा राजपाबीच भएको वार्तामा प्रदेश नम्बर २ को चुनाव तेस्रो चरणमा गर्ने समझदारी भएको थियो । तर १,५ र ७ नम्बर प्रदेशको चुनाव भने असार १४ मै हुने नेताहरुले बताएका छन् ।
सत्तारुढ दल राजपाबीचको सहमति पछि एमाले महासचिव इश्वर पोखरेलले भने–
निर्णयले लोकतान्त्रिक प्रक्रियालाई अवरोध पुर्याउने काम भएको छ । निर्वाचन सार्नु उचित होइन किनभने यो संविधान कार्यान्वयनको जोडिएको विषय हो । यसले गर्दा संविधान कार्यान्वयनमा अवरोध पुग्छ । हामीले चुनाव सर्ने हल्ला भएसँगै सत्तापक्ष र निर्वाचन आयोगलाई भेटेर चुनाव नसार्न ध्यानकर्षण गरायौं । आयोगले पनि सबै तयारी गरिसकेको थियो । सुरक्षा व्यवस्था पनि भरपूर थियो । के कारणले सारियो ? संविधान जारी हुन नदिने, जारी भएपछि च्यात्नेहरुसँग माओवादी कांग्रेसको सम्बन्ध अझैं जोडिइरहेको छ । यीनिहरुले पहिला बैशाख ३१ भने, फेरि जेठ ३१ भने । पछि असार ९ भने अहिले असार १४ बाट पनि सारे । यो निकै दुर्भाग्य हो ।
सचिव पृथ्वी सुब्बा गुरुङले भने–
एमालेले चुनाव नसार्न भन्दाभन्दै सारिएको छ। आयोगले चाहेर पनि अब सरकारको निर्णय काट्न सक्दैन । जातीयताको राजीनीति गर्नेहरुसँग प्रधानमन्त्री शेरबहादुर देउवाले पदको लागि सम्झौता गरे । सम्प्रदायिकता जातीयको बिउ रोप्नेहरुका कराण राज्य कमजोर हुन्छ । दुई नम्बर प्रदेशका ठूलो समस्या थिएन तर पदले गर्दा देउवालाई ठूलो समस्या भयो । देउवाले हिजो राजासँग सम्झौता गरे । आज राजपासँग गरे । उनी सम्झौता वादी हुन् । यो दूभाग्यपूर्ण निर्णय हो । यो निर्णयलाई तीन प्रदेशमा चुनावी मुद्दा बनाउँछ एमालेले। संसददेखि सडकसम्म देउवाको आत्मसमर्पणवादी प्रबृत्तिको भण्डाभोर गर्छौ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँधीमूलको कृत्रिम तालमा डुङ्गा शयर
-
मुग्लिङ-नारायणगढ सडकको पाँचकिलो नजिकै माईक्रो बस दुर्घटना
-
१२ बजे, १२ समाचार : डेंगु सङ्क्रमणदर घटे पनि जोखिम कायमैदेखि विवाह गर्ने उमेर घटाउनु पर्ने मागसम्म
-
महाराष्ट्र र झारखण्ड विधानसभा चुनावमा विकास र सुशासनको ‘ऐतिहासिक जित’ : मोदी
-
निजी मेडिकलले विद्यार्थीलाई सरकारी सरह तलब भत्ता उपलब्ध गराउन नसक्ने
-
सडकमा शव राखेर विरोध प्रदर्शन, सहमतिपश्चात् खुल्यो यातायात