सुन भन्दै पहेँलो धातु बेच्ने तीनजना भारतीय नागरिक पक्राउ
बिहीबार, ०५ पुस २०७५, २१ : ४१
लहान । सुन भन्दै पहेँलो धातु बिक्री गरेको आरोपमा आज सिरहाको नवराजपुर गाउँपालिका–४ बाट तीन भारतीय नागरिकलाई पक्राउ गरिएको छ ।
नवराजपुर गाउँपालिका–४ मा सुन भन्दै नक्कली पहेँलो धातु बिक्री गरिरहेको अवस्थामा भारतको मधुवनीका ३५ वर्षीय दिपस सिंह, सोही ठाउँका ४५ वर्षीय रामसेवक पासवान र ४५ वर्षीय नथुनी रामलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट दुई हजार २३४ ग्राम पहेँलो धातु बरामद गरिएको प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छोरीको मृत्युबारे तान्याले भनिन्– गलत उपचारका कारण छोरीले ज्यान गुमाइन्
-
दुई वर्षदेखि बरेङमा ‘घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य’
-
ईसेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत काठमाडौँमा घर जित्ने विजेता घोषणा
-
बगरफाँट–भकिम्ली सडक : ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
-
एनपीएलको उत्कृष्ट नेपाली खेलाडीले ओमोडा इफाइभ एसयूभी पाउने
-
एनपीएलका प्रत्येक चौकामा एनसेल फाउन्डेसनले ४ वटा शैक्षिक सामाग्री वितरण गर्ने