ह्यात रिजेन्सीमा बनाइयो १४ फिट अग्लो वातावरणमैत्री ‘क्रिसमस ट्रि’ (फोटोफिचर)
काठमाडौं । बिहीबार बौद्धस्थित होटल ह्यात रिजेन्सीले लगातार तेस्रोपटक ‘क्रिसमस ट्रि लाइटिङ’ मनाएको छ । ह्यात रिजेन्सीले यसपटक ‘क्रिसमस ट्रि लाइटिङ’ रिसाइकलिङ गरेर मनाएको हो ।
‘क्रिसमस ट्रि’ ४६०० वटा प्लाष्टिकका बोतलले तयार गरिएको थियो । १६ जना मान्छेले ९६ घण्टा लगाएर ‘क्रिसमस ट्रि’ तयार पारेका थिए ।
यस्तै कार्यक्रममा जिन्जर ब्रेड हाउस पनि तयार गरिएको छ । इन्जिनियरिङ, हाउस किपिङ र किचनका गरी करिब २० जना मिलेर ३९ घण्टामा जिन्जर ब्रेड हाउस तयार गरिएको ह्यात रिजेन्सीले जनाएको छ ।
जिन्जर हाउस बनाउन ११ हजार नौ सय ६३ वटा जिन्जर बिस्कुटका साथै दुनोट, ब्रेडजस्ता सामान प्रयोग गरिएको बताइएको छ ।
यस्तै १४ फिट अग्लो ‘क्रिसमस ट्रि लाइटिङ’ टर्किस एयरलाइन्सका जनरल म्यानेजर अब्लुल्ला टन्सेर केसेकीले बत्ति बालेर उद्घाटन गरेका थिए । कार्यक्रममा जोन डेवी स्कुलका विद्यार्थीहरुले क्रिसमस क्यारेल गीत गाएका थिए ।
ह्यात होटल रिजेन्सीले वातावरण संरक्षणको सन्देश दिनको लागि यसरी यो कार्यक्रम गरिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छोरीको मृत्युबारे तान्याले भनिन्– गलत उपचारका कारण छोरीले ज्यान गुमाइन्
-
दुई वर्षदेखि बरेङमा ‘घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य’
-
ईसेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत काठमाडौँमा घर जित्ने विजेता घोषणा
-
बगरफाँट–भकिम्ली सडक : ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
-
एनपीएलको उत्कृष्ट नेपाली खेलाडीले ओमोडा इफाइभ एसयूभी पाउने
-
एनपीएलका प्रत्येक चौकामा एनसेल फाउन्डेसनले ४ वटा शैक्षिक सामाग्री वितरण गर्ने