नेपाली बालबालिकाको नाममा अष्ट्रेलियाली नागरिकबाट ठगियो ५ करोड
एजेन्सी– नेपालका ग्रामिण बस्तीमा बस्ने गरिब परिवारका बालिकाहरुलाई अनाथ बनाएर ४० अष्ट्रेलियाली नागरिकहरुबाट ४,८०,००० अमेरिकी डलर ठगिएको खुलासा भएको छ । यस ठगीमा ‘फरगेट मी नट’ च्यारिटी संस्थाको नेपाली संस्करण ‘मलाई नबिर्सिनु बालगृह’ संलग्न भएको अष्ट्रेलियाली संस्था ‘न्यूज डट कम डट एयू’ ले बताएको छ ।
उक्त नेपाली च्यारिटी संस्थाले बालिकाहरु अनाथ देखाउनको लागि बालिकाहरुको आमाबुबाको मृत्यु दर्ताको प्रमाण्पत्र पनि बनाएको खुलेको छ । नेपाली गैरसरकारी संस्था ‘मलाई नबिर्सिनु बाल गृह’ ले तस्करहरुको प्रयोग गरेर नेपालका ग्रामिण क्षेत्रका गरिब तथा अशिक्षित आमाबुबाबाट झुक्याएर बालबालिका काठमाडौंमा रहेको अनाथालयमा ल्याउने गरेको थियो । सो संस्थाले उनीहरुलाई शिक्षा दिक्षा दिने भन्दै अष्ट्रेलियाली नागरिकहरुसँग अनुदान रकम उठाउने गरेको थियो ।
अघिल्लो वर्षसम्म यस ठगीको बारेमा न त ‘मलाई नबिर्सिनु बालगृह’ को अष्ट्रेलियास्थित अनुदान सहयात्री संस्थालाई थाहा थियो न त त्यस कार्यको लागि रकम दिइरहेका दाताहरुलाई नै केही थाहा थियो । एकजना दाता २२ वर्षे जेसन वालले संगीता नामकी एक युवतीको लागि मासिक ६० डलर स्पोन्सर गरिरहेका थिए । उनी यो ठगीको बारेमा थाहा पाउँदा आहात भए ।
‘मलाई आश्चर्य र दुःखको भावना एक्कै पटक आग्यो,’ जेसनले भने, ‘एउटै प्रश्न मनमा आइरहेको छ, यो कसरी भयो ?’ ५१ वर्षे क्रेग र उनकी ४८ वर्षे श्रीमती मेलले बुन्डावर्गमा म्याकडोनाल्ड चलाउँछन् । उनीहरुले आफूहरु यो घटना सार्वजनिक भएपछि ‘गम्भिर रुपमा ठगिएको र दुःखी महसुस भएको’ बताए ।
‘मेरी श्रीमती र म प्रत्येक वर्ष उपहारसहित अनाथालय पुग्थ्यौं । अन्य दाताहरुबाट समेत लिइएको मेक–अप, क्लिप र कार्डहरु लिएर हामी ती बच्चीहरु एक्लै नभएको महसुस गराउन चाहन्थ्यौं,’ म्यान्लेले भने ।
हाल आएर अष्ट्रेलियाली दाताहरुले नक्कली अनाथको अतिरिक्त अन्य कयैन घृणित कार्यहरुको खबर पाएका छन् ।
‘ती उपहारहरु बच्चीहरुलाई नदिएर कि त बेचिएको कि त अनाथालयका कर्मचारीका परिवारलाई बाढिएको रहेछ,’ म्यान्लेले भने । उनले अनाथालयको कूकृत्य थाहा पाएपछि आफूले पठाएको टिभी र टेबल टेनिस टेबल फिर्ता गर्न भनेको तर कर्मचारीहरुले नमानेको बताए ।
‘हामीले दान गरेको सबै रकम पनि नानीहरुसम्म पुग्दो रहेनछ । त्यो माथि नै जफत हुँदो रहेछ । हामीहरुलाई देखाउन जाली बजेट बनाइएको पाइयो ।’ म्यान्लेले भने, ‘हामीलाई पछि थाहा पाएअनुसार नानीहरुलाई तिनको बाबुआमा रहेको कुरा हामीलाई थाहा दिएमा सडकको बास गराइदिने धम्की दिइदोँ रहेछ,’ म्यानलेले भने ।
ठगिएको अनुभव गर्नेमा दाताहरु मात्र छैनन् । ‘फरगेट मी नट’की सिईओ आन्द्रे नेभले आफू यो खुलासाबाट ‘निक्कै स्तभ्ध र आक्रोशित’ भएको बताइन् । ‘मेरो विचारमा यहाँ ठूलो समस्या छ,’ न्यूज डट कम डट एयुसँगको कुराकानीमा उनले भनिन् । ‘म मेरा चार छोरीहरुलाई मबाट अलग गराएर अरुलाई दिइने कुराको कल्पना पनि गर्न सक्दिन ।’
‘फरगेट मी नट’ हाल नेपालमा गएर परिवारबाट झुक्याएर ल्याइएका बालिकाहरुलाई तिनको परिवारकहाँ पुर्याइरहेको छ । म्यान्लेले यो ‘मनकारी कार्य’ देखेपछि आफूले उक्त संस्थालाई दिइरहेको अनुदान रकम बढाएर मासिक १ हजार अमेरिकी डलर दिन थालेका छन् ।
‘फरगेट मि नट’ लार्स ओल्सन नामक एक अष्ट्रेलियालीले नेपालको भ्रमणको क्रममा त्यहाँको गरिबी र अनाथ बालबालिका देखेपछि प्रभावित भएर खोलेका थिए । जब उनी क्विन्सल्याणस्थित आफ्नो गृह सहर हारभे वे फर्के तब उनले आफ्नो दिदी र एक साथीसँग मिलेर उक्त संस्था खोलेका थिए ।
संस्था गठन गरेको एक वर्ष पछि लार्सले नेभलाई संस्थामा आउन आग्रह गरेका थिए । लार्स र नेभ एकअर्कालाई एक्टिङ स्कुलदेखि चिन्थे । सन् २००६ मा ‘फरगेट मि नट चिल्डरेन’ले ६ सानी बालिकाहरुलाई लिएर काम सुरु गरेको थियो । त्यसपछिका कयैंन वर्षमा यो २१ बच्चीहरुलाई सहयोग गर्ने स्थानमा पुगेको थियो ।
त्यसबेला यसले हार्भे वे समुदायको उलेख्य आर्थिक सहयोग पाएको थियो । तर उनीहरु पर्दा पछाडि भइरहेको कामबाट अनविज्ञ थिए । उनीहरुको मनसाय सम्मानजनक थियो । ‘हामीहरुले नेपाली युवतीहरुमा केन्द्रीत हुनुको कारण उनीहरुमा कायम चरम अशिक्षा र यौन तस्करीमा पर्ने खतरा उनीहरुमाथि धेरै भएकाले हो,’ नेभले भनिन् ।
यो ठगीको कार्य तब खुल्यो जब नेपाली भाषा पनि जान्ने एक अमेरिकी इभा सन् २००९ मा अनाथालयमा काम गर्न गइन् । उनको तलब भत्ताको भरणपोषण पनि हार्वे वे समुदायले गरेको थियो । ‘इभाले नियमित रुपमा त्यहाँका बालिकाहरुले भनेका कुराहरु नोट गर्थिन्,’ नेभले भनिन् । इभाले गोप्य रुपमा आफूले संकलन गरेको जानकारीहरुलाई मिलाएर हेर्दा यो डरलाग्दो निष्कर्ष बाहिर आएको थियो ।
‘बालिकाहरु ‘म घर जान चाहन्छु’ भनिरहन्थे तर इभाले जब बालिकाहरुमा बढी विश्वास विकास गरिन् तब ‘मलाई मेरा दाजुभाईको याद आयो’, ‘मलाई मम्मीको याद आयो’ भन्न थाले । पछि उनीहरुले आफू अनाथ नभएको बताए,’ नेभले भनिन् ।
‘हामीले सहकार्य गरेको नेपाली एनजीओको बोर्डलाई बालिकाहरु कहाँबाट आएका थिए भन्ने राम्रोसँग थाहा थियो । उनीहरुलाई तस्करी गरेर ल्याएर, जबरजस्ती त्यहाँ राखिएको थियो,’ नेभले भनिन् । उनका अनुसार बालिकाहरुलाई झुटो आश्वासन गरेर ल्याएको थियो ।
‘एक बच्चा संकलक ग्रामीण (गरिब) क्षेत्र गएर राम्रो स्कुल भर्ना गरिदिने आश्वासन दिए । अशिक्षित अभिभावकहरुलाई तिनले पढ्नै नजान्ने कागजातमा औँठाछाप गर्न लगाइन्थ्यो । उनीहरु पत्रमा आफ्ना छोरीहरुको स्वामित्व अरुलाई दिइरहेको कुराबाट पनि अनभिज्ञ थिए । प्रत्येक तस्करले प्रति बच्ची ल्याएको १५०० अष्ट्रेलियन डलर पाउथें ।’
‘मलाई नबिर्सिनु बाल गृह’ अझै पनि नेपाल सरकारको सामाजिक कल्याण परिषदमा दर्ता छ । तथापि यसले कुनै काम कारबाही गरिरहेको छैन । ठगि सार्वजनिक भएदेखि संस्थामा विभाजित भएर बनेको ‘फरगेट मि नट अष्ट्रेलिया’ मात्र सक्रिय छ । नेभले त्यसयता बालिकाहरुको असली परिवार खोज्ने र परिवारसँग पुनरमिलन गराउने, सकेसम्म राम्रो शिक्षा दिलाउनमा आफ्नो जीवनमा लगाएकी छिन् ।
लार्स ओल्सन भने आफंैले गठन गरेको संस्थाबाट अलग भएका छन् । ‘ओल्सनले यी बालिकाहरु अनाथ होइन भन्ने थाहा पाएपछि एकदम ठगिएको महसुस गरे । उनले बालिकाहरु तिनको परिवारसँग भन्दा हामीहरुसँग रहँदा बढी राम्रो भएको पनि सोच राख्थे,’ नेभले भनिन् ।
ओल्सनले भने पछि दावीप्रति असमति जनाए । ‘मैले बच्चीहरु तिनका परिवारसँग पुनरमिलन गराउने कुरालाई १०० प्रतिशत समर्थन गरें तर अभिभावक नभेटिएसम्म तिनलाई निरन्तर शिक्षा दिने कुरामा विश्वास गर्छु,’ उनले न्यूज डट कम डट एयूसँग भने ।
उनले आफ्नो विगतको अनुदान कार्यमा पूर्ण समर्थन रहेको बताए । उनले गरेका प्रयासको लागि लार्सले ‘योङ क्युन्सल्याण्डर अफ द इयर’ र ‘प्रिमियर अवार्ड’ पाइसकेका छन् । दाता जेसन वालले लार्सको मनोविज्ञानबारेमा बोल्दै भने, ‘सबै कुरा निक्कै छिटो छिटो भयो । लार्स युवानै थिए । उनले अझै धेरै कुरा सिक्ने अवस्था छ । उनी ठगिए र स्तभ्ध महसुुस गर्ने अवस्थामा पुगे ।’
अष्ट्रेलियाले यही महिना विश्वमा पहिलोपटक अनाथ तस्करीलाई आधुनिक दासत्वको स्वरुपको रुपमा पहिचान गरेको छ । तथ्याँकका अनुसार अनाथ भनिएका ८० प्रतिशतको एक अभिभावक जीवित रहेको देखाएको छ ।
‘२०१७ स्टेट अफ चिल्ड्रेन रिपोर्ट’ ले नेपालमा अझै ५६७ बालगृह दर्ता रहेको र तिनमा १६,५३६ बालबालिका बस्ने गरेको देखाएको छ । तर अझै दर्ता नभएका थुप्रै बालगृह रहेको बताइन्छ । ‘ए रिथिङग अरफ्यानेज’ संस्थाले अष्ट्रेलियाका नागरिकहरुलाई अनुदान रकम अनाथालयलाई दिनुभन्दा परिवारलाई दिन प्रोत्साहित गरेको छ ।
‘फरगेट मी नट अष्ट्रेलिया’ले अठार महिना लगाएर कुल २१ बालिकामध्ये १८ बालिकालाई परिवारसँग पुनरमिलन गराउन सफल भएको छ । ‘अहिले मलाई अष्ट्रेलियामा च्यारिटी खोल्न एकदम सजिलो रहेको लाग्छ । जसले पनि गर्नसक्छ । यसका लागि तपाईलाई कुनै सीप र अनुभव चाइदैन । हामी पनि राम्रो काम गर्न खोज्ने औसत मानिसहरु थियौं,’ नेभले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बराबरीले ब्राइटनलाई घाटा, झनै पछारियो साउथ ह्याम्पटन
-
आज काठमाडौंका कुन्-कुन् स्थानमा काटिंदै छ बिजुली ?
-
म्यान्सिटीका मालिकहरुलाई धैर्य गर्न किन भने ग्वार्डिवलाले ?
-
आथिक वर्षको पहिलो तीन महिना : व्यापार घाटा तीन खर्ब ५२ अर्ब
-
असाध्य रोगीका लागि ‘इच्छामरण’को कानून ल्याउन ब्रिटिश सांसदहरुले ‘रुँदै’अघि बढाए विधेयक
-
१२ बजे, १२ समाचार : निर्वाचन आचारसंहिता उल्लंघनमा ६ उम्मेदवारलाई कारबाहीेदेखि प्रधान सेनापतिको भारत भ्रमणसम्म