शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गोपीको कार्यक्रममा वैशाखीको साहारामा पुगे विपिन

बिहीबार, ०५ पुस २०७५, १२ : ५४
बिहीबार, ०५ पुस २०७५

काठमाडौं – फिल्म ‘गोपी’को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौमा एक कार्यक्रम गर्दै निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो । यसअघी फिल्मको एक गीत र पोष्टर सार्वजनिक भइसकेको छ ।

ट्रेलरमा मौलिक र पेचिला संबादलाई समेटिएको छ । देशमै केही गर्छु भन्ने अभिलाषा बोकेका गाईपालक विपिनलाई घर परिवार र समाजबाट गरिएको अपेक्षा र गाई पाल्ने क्रममा आइपर्ने विभिन्न बाधा ब्यवधानको वरिपरी फिल्मको कथा घुमेको ट्रेलरबाट अनुमान गर्न सकिन्छ । 

विपिन कार्की, सुरक्षा पन्त र वर्षा राउतको मुख्य भूमिका रहेको फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेता बिपिन बैसाखीको साहारामा पुगेका थिए । उनी केही अगाडि चलचित्र जात्रै जात्रा सुटिङमा जाने क्रममा घाइते भएका थिए । 

विपिन, सुरक्षा र बर्षाका साथ फिल्ममा अंकीत खड्का, भोला सापकोटा, प्रकाश घिमिरे, रमेश अधिकारी, कुन्ति सिमली, हिउँबाला गौतम, सरोज अर्याल, इन्द्रजित चौलागाईं, केशव राई, कमल मणि नेपाल, अपूर्व गौतम, गणेश मुनाल राम बाबु गौतम लगायतको अभिनय रहेको छ ।

आरोही इन्टरटेनमेन्टको ब्यानरमा बनेको फिल्मलाई दिपेन्द्र लामाले निर्देशन गरेका हुन् भने पटकथा सामिप्यराज तिमल्सेनाको रहेको छ । 

आरोही केसीको निर्माण रहेको फिल्मका कार्यकारी निर्माता श्रीधर पौडेल हुन् । फिल्ममा शैलेन्द्र डि कार्कीको छायाङ्कन र निमेष श्रेष्ठको सम्पादन रहेको छ । फिल्ममा विप्लव प्रतीक र बुद्धिसागरले लेखेका गीतलाई न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहले संगीत भरेका छन् । फिल्म माघ १८बाट प्रदर्शनमा आउने भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप