शनिबार, १५ मङ्सिर २०८१
ताजा लोकप्रिय

‘महिलाको क्षमता अभिवृद्धि गर्न ठोस पहल जरुरी’

बिहीबार, ०५ पुस २०७५, १२ : २२
बिहीबार, ०५ पुस २०७५

काठमाडौं–राज्यका हरेक तहमा महिलाको संख्यात्मक मात्र नभई गुणात्मक सहभागिता हुनु गर्नेमा जोड दिइएको छ । विश्व मुस्लिम सामुदायिक परिषदको सहकार्यमा नेपाल मुस्लिम महिला कल्याण समाजले आयोजना गरेको ‘राष्ट्रको विकासका लागि महिलाहरुको समावेशियूक्त भूमिका’ सम्बन्धी एक दिने सम्मेलनमा सहभागिले महिलाको गुणात्मक सहभागिताका लागि अभिबृद्धि गर्न ठोस पहल गरिनुपर्नेमा  जोड दिएका हुन् । 
यस्तै युवालाई राज्यका हरेक गतिविधिहरुमा सहभागी गराउनु गर्ने,  बहुधार्मिक, बहुसांस्कृतिक समाजमा संवाद र सहकार्यद्वारा सामाजिक सद्भाव तथा सहिष्णुताका कायम गरी शान्तिपूर्ण संस्कृतिको विकास गरिनुपर्ने,  समावेशी नागरिक शिक्षाको परिचालन स्तरिय र व्यापक गरिनुपर्नेलगायतमा पनि सहभागिले जोड दिए । 

राजधानीमा पुस २ गते उपराट्रपति नन्द बहादुर पुनबाट उद्घाटन भएको सो सम्मेलनमा देशविदेशबाट १५० भन्दा बढीको  सहभागिता रहको थियो । 

सामाजिक, आर्थिक तथा सांस्कृतिक सद्भाव अभिवृद्धिकका लागि यो कार्यक्रम प्रभावकारी र नतिजामूलक देखिएको आयोजकले दाबी गरेको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप