शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा नेता भण्डारी सम्पर्कविहीन

बिहीबार, ०५ पुस २०७५, ०९ : १४
बिहीबार, ०५ पुस २०७५

भद्रपुर — नेकपाका मेचीनगर नेता दीपक भण्डारी हिजो बिहानदेखि सम्पर्कविहीन भएपछि खोजी शुरु भएको छ । 

तत्कालीन नेकपा एमालेको मेचीनगर अध्यक्ष, धुलावारी जेसिसका पूर्वअध्यक्ष, हिमालयन मल्टिपल कलेजका निर्देशकलगायत थुपै्र जिम्मेवारीमा रहनुभएका भण्डारी मेचीनगर–१० स्थित आफ्नै घर नजिकबाट बुधबार बिहान करीब साढे ९ बजेदेखि सम्पर्कविहीन भएका उनको पत्नी गीता भण्डारीले बताए । “हिजो बिहान साढे ९ बजेतिर कलेज जान्छु भनेर घरबाट बाहिर निस्कनुभएको थियो, त्यसपछि उहाँसँग सम्पर्क हुनसकेको छैन”, उनले भने । 

नेता भण्डारीले आफ्नो मोटरसाइकल र दुई थान मोबाइल घरमै छाडेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले उनी सम्पर्कविहीन भएको खबर आएलगत्तै खोजीकार्यका लागि प्रहरी परिचालन गरिएको जानकारी दिए । 

बुधबार बिहान ८ बजेतिर घर नजिक रहेको हिमालयन मल्टिपल कलेजमा आएर नेता भण्डारी फर्किएका कलेजका सञ्चालक भाष्कर निरौलाले बताए । प्रहरी नायब उपरीक्षक श्रेष्ठले नेता भण्डारीको मोबाइलको कल डिटेल लिने र उहाँसँग आर्थिक कारोवार भएकाहरुसँग बुझ्ने कार्य भइरहेको जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप