अधिकांश स्थानीय तहको समायोजन सकियो
काठमाडौँ । कर्मचारी समायोजन अध्यादेश–२०७५ जारी भएपछि पहिलो चरणमा अधिकांश स्थानीय तहमा कर्मचारीको समायोजन सकिएको छ ।
स्थानीय तहमा कार्यरत स्थायी कर्मचारीको अधिकांश समायोजन सकिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव अनिता निरौलाले जानकारी गराए ।
उनले तत्कालीन स्थानीय निकायमा स्थायी भएका कर्मचारीको अध्यादेशअनुसार सोही स्थानीय तहमा नै समायोजन भएको बताए ।
समायोजन भएका कर्मचारीलाई सम्बन्धित स्थानीय तहले अध्यादेश प्रारम्भ भएको मितिले १० दिनभित्र समायोजन भएको पत्र दिनुपर्ने व्यवस्थाअनुसार स्थायी कर्मचारीको समायोजन गरिएको हो ।
स्थानीय तहमा समायोजन भएका कर्मचारीलाई सोही तहका प्रमुख प्रशासकीय अधिकृतले समायोजनको पत्र दिएका छन् । उपसचिव निरौलाले केही कर्मचारीको प्राविधिक समस्या आएकाले चाँडै समायोजन सकिने बताए ।
उनका अनुसार स्थानीय तहमा समायोजन भएका कर्मचारीको विवरण मन्त्रालयमा सङ्कलन भइरहेको छ । मन्त्रालयले अब सङ्घका कर्मचारीलाई प्रदेश र स्थानीय तहमा समायोजन थाल्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीको चपेटामा परेको च्यासल रङ्गशालामा कहिले जाला ध्यान ? (तस्बिर)
-
मकवानपुरगढीद्वारा कृषकलाई अनुदान
-
हाटबजारमा चार हजार दुई सय किलो मास बिक्री
-
सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक ग्लोबल आईएमई बैंक
-
चक्रवाती आँधी फेङ्गल आज तमिलनाडु-पुडुचेरीको तटमा आइपुग्ने
-
शिल्पा शेट्टी-राज कुन्द्राको घरमा ईडीको छापा, पोर्नोग्राफीसँग सम्बन्धित मुद्दा