पूँजी बजार सुधारका योजनासहितको प्रतिवेदन पेश
काठमाडौँ । मुद्रा तथा पूँजी बजारमा देखिएका प्रवृत्तिको अध्ययन गरी सुझाव दिन गठीत कार्यदलले आज अर्थमन्त्री समक्ष प्रतिवेदन पेश गरेको छ ।
कार्यदलका सदस्य अम्बिकाप्रसाद पौडेलले पूँजी बजार सुधारका योजनासहितको प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाइएको जानकारी दिए ।
अर्थ मन्त्रालयले वित्तीय स्थायित्व कायम गर्न एवं औद्योगिक तथा पूँजी बजार क्षेत्रमा लगानीका लागि देखिएको समस्या पहिचान गरी सुझाव पेश गर्न नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको थियो ।
गत मङ्सिर २० गते गठीत कार्यदललाई सात दिनभित्र सुझाव पेश गर्न भनिए पनि अध्ययनका क्रममा केही थप समय लागेकाले प्रतिवेदन बुझाउन ढिला भएको हो ।
कार्यदलको सदस्यमा धितोपत्र बोर्डका अध्यक्ष, बैंकर्स सङ्घका अध्यक्ष, शेयर लगानीकर्ता सङ्घका प्रतिनिधि र अर्थ मन्त्रालयका वित्तीय क्षेत्र व्यवस्थापन हेर्न सहसचिव थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीको चपेटामा परेको च्यासल रङ्गशालामा कहिले जाला ध्यान ? (तस्बिर)
-
मकवानपुरगढीद्वारा कृषकलाई अनुदान
-
हाटबजारमा चार हजार दुई सय किलो मास बिक्री
-
सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक ग्लोबल आईएमई बैंक
-
चक्रवाती आँधी फेङ्गल आज तमिलनाडु-पुडुचेरीको तटमा आइपुग्ने
-
शिल्पा शेट्टी-राज कुन्द्राको घरमा ईडीको छापा, पोर्नोग्राफीसँग सम्बन्धित मुद्दा