अदालतले सुनायो पाँच जना कारागार चलानको फैसला
भोजपुर । जिल्ला अदालतले आज विभिन्न मुद्दाका पाँच जनालाई जेल चलानको फैसला सुनाएको छ ।
अदालतले कतव्र्यज्यान मुद्दामा रामप्रसाद राई गाउँपालिका–७ बासिखोराका ४० वर्षीय नरकुमार भन्ने सुमन राईलाई ११ वर्ष कैदसहित एक लाख जरिवानाको फैसला गरेको छ ।
अभियुक्त राईले गत कात्तिक २४ गते ४७ वर्षीय दिदीलाई कुखुराको खोरको ढोका लगाउन प्रयोग गरिने काठले टाउकामा हिर्काएर हत्या गरेको अदालतले जनाएको छ ।
अदालतले अरुण गाउँपालिका–४ चरम्बीका १४ वर्षीय निशान नेपालीलाई सोही ठाउँकी बालिकालाई करणी गरेको आरोपमा एक महीना कैद र रु ५० हजार क्षतिपूर्तिको फैसला गरेको हो ।
यस्तै २६ वर्षीया युवतीलाई बलात्कार गरेको अभियोगमा अरुण गाउँपालिका–४ चरम्वीका सन्तोष विश्मकर्मालाई ६ वर्ष कैद र रु ५० हजार क्षतिपूर्तिको फैसला गरेको छ । विश्वकर्माले गत असोज ६ गते सोही ठाउँकी युवतीलाई करणी गरेका थिए ।
बहुविवाहको आरोपमा भोजपुरको षडानन्द नगरपालिका–१३ बोयाका प्रवीन श्रेष्ठ र भोजपुर नगरपालिका–१ बस्ने इन्दिरा तामाङलाई एक वर्ष ६ महीना कैद सजायसहित रु १५÷१५ हजार क्षतिपूर्तिको फैसला गरेकोे छ ।
श्रेष्ठ र तामाङले गत कात्तिक ७ गते विवाह गरेका थिए । जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्नामको एकल इजिलासले सो आदेश दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीको चपेटामा परेको च्यासल रङ्गशालामा कहिले जाला ध्यान ? (तस्बिर)
-
मकवानपुरगढीद्वारा कृषकलाई अनुदान
-
हाटबजारमा चार हजार दुई सय किलो मास बिक्री
-
सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक ग्लोबल आईएमई बैंक
-
चक्रवाती आँधी फेङ्गल आज तमिलनाडु-पुडुचेरीको तटमा आइपुग्ने
-
शिल्पा शेट्टी-राज कुन्द्राको घरमा ईडीको छापा, पोर्नोग्राफीसँग सम्बन्धित मुद्दा