शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कुबोट स्मार्टफोन नेपाली बजारमा, सुपथ मूल्यमा उत्कृष्ट फिचर

बुधबार, ०४ पुस २०७५, १९ : ३१
बुधबार, ०४ पुस २०७५

काठमाडौं । कुबोट स्मार्टफोनका लागि आधिकारिक बितरक काष्ठमण्डप एशिया इन्टरनेशनल (केएआई) नेपालले ६ वटा मोडलका कुबोट स्मार्टफोनहरु सार्वजनिक गरेको छ । यी मोडलहरुमा १जीबी र १६ जीबी, २ जीबी र १६ जीबी, ३ जीबी र १६ जीबी तथा ३ जीबी र ३२ जीबीका मोडल रहेका छन् ।

सुपथ मूल्यमा उत्कृष्ट फीचर भएका स्मार्टफोन किन्न चाहने ग्राहकहरुका लागि नेपाली बजारमा यी स्मार्टफोनहरु न्यूनतम ९ हजार रुपैयाँदेखि १६, हजार ५ सय रुपैयासम्ममा उपलब्ध हुनेछ । कुबोटका यी फोनहरुमा लेटेस्ट एन्ड्रोयड भर्सन, ५ देखि ५.५ इन्चसम्मका उत्कृष्ट डिस्प्ले क्वालिटी, फिंगरप्रिन्ट, ड्यूल रियर क्यामरा जस्ता उत्कृष्ट विशेषताहरु छन् । 

यी फोनहरु नेपाली बजारमा उपलब्ध सोहि रेन्जका अन्य स्मार्टफोनको तुलनामा उत्कृष्ट र सस्तो मूल्यमा उपलब्ध छ ।

कुबोट जे३ स्मार्टफोनमा ५ इन्चको डिस्प्ले, १ जीबी, १६ जीबी स्टोरेज, ८ मेगापिक्सेल रियर क्यामरा, ५ मेगापिक्सेलका साथमा २ हजार एमएएच ब्याट्री पावर रहेको छ । इन्ट्रि लेभलको  स्मार्टफोनको अधिकतम बजार मूल्य ९ हजार ५ सय तोकिएको छ ।

त्यसैगरि कुबोट आर११ स्मार्टफोनमा ५.५ इन्चको डिस्प्ले, २ जीबी र्याम र १६ जीबीको आन्तरिक स्टोरेज राखिएको छ । यो फोनमा १३ मेगापिक्सेल प्लस २ मेगापिक्सेलको ड्यूल रियर क्यामरा तथा ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ । फोनमा २ हजार ८ सय एमएएचको ब्याट्री राखिएको छ भने यसको मूल्य १४हजार ३ सय तोकिएको छ ।

कुबोटको अर्को स्मार्टफोन नोट प्लसमा ५.२ इन्चको डिस्प्ले राखिएको छ भने यसमा ३ जीबी र्याम र ३२ जीबीको स्टोरेज रहेको छ । फोटोग्राफीका लागि फोनमा १६ मेगापिक्सेलको रियर क्यामराका साथै १६ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ । फोनमा २ हजार ८ सय एमएएचको ब्याट्री पावर छ, जसको बजार मूल्य १६ हजार १ सय तोकिएको छ । 

म्याजिक स्मार्टफोनमा ५ इन्चको डिस्प्ले राखिएको छ भने फोनमा ३ जीबी र्याम र १६ जीबी आन्तरिक स्टोरेज छ । फोनमा १३ मेगापिक्सेल प्लस २ मेगापिक्सेलको रियर क्यामरा छ भने ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ । फोनमा २ हजार ६ सय एमएएचको ब्याट्री पावर भएको यो फोनको बजार मूल्य १४ हजार ८ सय २० तोकिएको छ ।

कुबोटले ल्याएको अर्को स्मार्टफोन हो आर ९ । यो फोनमा ५.० इन्चको डिस्प्ले छ भने २ जीबी र्याम र १६ जीबी स्टोरेजका साथमा १३ मेगापिक्सेलको रियर क्यामरा तथा ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ । फोनमा २ हजार ६ सय एमएएचको ब्याट्री प्याक भएको यो फोनको बजार मूल्य १२ हजार ६ सय ७५ तोकिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप