शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जापानी विश्वविद्यालयमा ‘नेपाली सप्ताह’ मनाइँदै

बुधबार, ०४ पुस २०७५, १७ : ३७
बुधबार, ०४ पुस २०७५

जापान–जापानको प्रमुखमध्ये एक अन्तराष्ट्रिय विश्वविद्यालय ‘रितमेइकन एशिया प्यासिफिक विश्वविद्यालय’मा डिसेम्बर १७ बाट ‘नेपाली सप्ताह ’सुरु भएको छ । विश्वविद्यालयमा हाल ७१ नेपाली विद्यार्थी रहेका छन् र यो संख्या बढिरहेको छ । 

‘नेपाली सप्ताह’को क्रममा एक हप्ताभरी नेपाली संस्कार र रितिरिवाज, खाना, जीवनशैली प्रर्दशन गरिनेछ । रितमेइकन एशिया प्यासिफिक विश्वविद्यालयमा प्रत्यक वर्ष विभिन्न १२ देशका सप्ताह कार्यक्रम हुने गर्छ । ‘नेपाली सप्ताह’ ती १२ मध्ये एक हो । 

‘नेपाली सप्ताह’को अवधिमा नेपालबाट गएका विद्यार्थीहरुले अन्य देशका विद्यार्थीको सहकार्यमा विश्वविद्यालयमा नेपालको वातावरण सिर्जना गर्नेछन् । डिसेम्बर १७ बाट शुरु भएको नेपाली सप्ताह डिसेम्बर २१ सम्म आयोजना हुनेछ । 

‘नेपाली सप्ताह’ क्रममा प्रत्येक दिन नेपाललाई चिनाउने कार्यक्रमहरु आयोजना हुनेछन् । सोमबार नेपाली नाँच, मंगलबार ‘कृषि उद्यमीलाई प्रवर्धन गर्नको लागि सहकारीहरुको भूमिका’ विषयमा सम्मेलन, बुधबार नेपालमा चर्चित रहेको एक खेल क्रिकेटको टुर्नामेन्ट हुनेछ । क्रिकेट टुर्नामेन्टमा आयोजक नेपाली टिम र मुख्यत क्रिकेट चर्चित रहेका दक्षिण एशियाली देशका विद्यार्थीहरुको टिमबीच प्रतिस्पर्धा हुनेछ ।

त्यस्तै बिहिबार प्रतिभावान संगितकारहरुले तिहारको देउसी, भैलो प्रस्तुत गर्ने कार्यक्रम छ । सप्ताहको मुख्य आकर्षण शुक्रबारको अन्तिम कार्यक्रमको हुनेछ । त्यसमा ‘कुमारी’को कथामा एउटा भव्य कार्यक्रम हुनेछ । उक्त कार्यक्रमको दिन विश्वविद्यालयका प्राध्यापक, स्थानीय जापानी नागरिक र अन्य पाहँनाको सहभागिता हुनेछ ।      
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप