सर्वसाधरणको हराएको डेढ लाख बढी रकम भेटाएर दियो प्रहरीले
बुटवल– मोटरसाईकलमा यात्रा गर्ने क्रममा एकजना सर्वसाधारणले झोलासहित हराएको डेढ लाखभन्दा बढि रकम दाङ्गको प्रहरीले भेटाएर सम्बन्धित सर्वसाधरणलाई दिएको छ । पुस २ गते सल्यानबाट रा ४ प ८१११ नम्बरको मोटरसाईकल चढेर दाङ्गको तुल्सीपुरतर्फ आउँदै गरेका तुल्सीपुर उपमहानगरपालिका–३ का अम्मरसिंह केसी र पछाडि बसेकी उनकी भदैनी पर्ने तिला डाँगीले बाटैमा झोला खसाएका थिए ।
खोजतलासका लागि केसीले जिल्ल्ला प्रहरी कार्यालय दाङ्ग तुल्सीपुरलाई आग्रह गरे । जिल्ला प्रहरी प्रमुख एसपी वेल पाण्डे भन्छन्– ‘हामीले प्रत्येक सवारी साधन खान तलास गर्यौं, फलतः रा १ च १८१ नम्बरको पिकअप गाडीभित्र उक्त झोला फेला पार्यौं । खोलेर हेर्दा १ लाख ६४ हजार १ सय ९१ रुपैयाँसहित कागजपत्र भेटायौं र हिजो सुचना जारी गरी ईलाका प्रहरी कार्यालय तुल्सीपुरमा केसीलाई बोलाई त्यहाँका ईञ्चार्ज डिएसपी प्रेम शाहीद्धारा हस्तान्तरण गराएका हौं । ’
त्यति ठुलो रकम र महत्वपूर्ण कागजपत्र समेत प्रहरीले भेटाएर दिएको प्रति केसी परिवारले प्रहरीको विश्वसनियताप्रति कृतज्ञता जाहेर गरेका छन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीको चपेटामा परेको च्यासल रङ्गशालामा कहिले जाला ध्यान ? (तस्बिर)
-
मकवानपुरगढीद्वारा कृषकलाई अनुदान
-
हाटबजारमा चार हजार दुई सय किलो मास बिक्री
-
सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक ग्लोबल आईएमई बैंक
-
चक्रवाती आँधी फेङ्गल आज तमिलनाडु-पुडुचेरीको तटमा आइपुग्ने
-
शिल्पा शेट्टी-राज कुन्द्राको घरमा ईडीको छापा, पोर्नोग्राफीसँग सम्बन्धित मुद्दा