बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नारायणहिटी दरबारको पर्खाल नबन्दा जोखिमपूर्ण यात्रा

बुधबार, ०४ पुस २०७५, १५ : ०३
बुधबार, ०४ पुस २०७५

काठमाडौँ– भूकम्पले क्षतिग्रस्त नारायणहिटी दरबार सङ्ग्रहालयको नारायण मन्दिर र पर्खाल नबन्दा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । 

ऐतिहासिक, धार्मिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण नारायण मन्दिर र सँगैको सत्तल पुनःनिर्माणका लागि पुरातत्व विभाग एवं गुठी संस्थानसँग अनुरोध गर्दा समेत प्रक्रियाअघि बढ्न नसकेको पूजारी रोहिणीप्रसाद पौडेलले गुनासो गरे । 

भूकम्पपछि काठमाडौँ महानगरपालिका–१ कार्यालयका प्राविधिकले आइ नापजाँच गरे पनि चिरा परेको सत्तल र दरबार घेरिएको पर्खाल बनाउने काम अघि बढ्न सकेको छैन । पैदल मार्गसँग जोडिएको पर्खाल चिराचिरा परेको छ । पैदल हिँड्दा पर्खाल भत्केर थिच्ने त्रास हुने गरेको यात्रु नर्वदा श्रेष्ठले बताए । 

पुरातात्विक सम्पदा पुनःनिर्माणको जिम्मेवारी पाएको पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवर नारायणहिटी दरबार क्षेत्रमा भत्किएका संरचना बनाउन रु आठ करोड लागत अनुमान गरिएको बताउँछन् । त्यस क्षेत्रका सम्पदा पुनःनिर्माणको जिम्मेवारी नारायणहिटी दरबार सङ्ग्रहालयलाई नै दिइएको उनले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप