बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीको मौनता र निरिहता दुर्भाग्यपूर्ण : कमल थापा

मङ्गलबार, ०३ पुस २०७५, १६ : २७
मङ्गलबार, ०३ पुस २०७५

नेपालगञ्ज– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपाले अंगिकार गरेका एजेण्डाको महत्व थप बढेर गएको बताएको छन् ।

विगतको चुनावमा एजेण्डाका कारण पार्टीको पराजय नभएको भन्दै अध्यक्ष थापाले तत्कालीन अवस्थामा नेपाली कांग्रेससँगको सहकार्यमा काँग्रेसले इमान्दारिता नदेखाएको, पार्टीले सबै ठाउँमा उम्मेदवारी नदिएको, पटक–पटक सरकारमा गएको जनतालाई चित्त नबुझेको, सङ्गठन कमजोर भएको तथा पर्याप्त साधन र श्रोत नभएको लगायतका कारणले पार्टीले पराजय भोग्नुपरेको उल्लेख गरे ।

नेपालगञ्जमा आयोजित प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष थापाले विगतका त्रुटी र कमजोरीलाई सच्याएर अघि बढ्ने बताए ।

उनले हिजो प्रखर राष्ट्रवादी चिन्तन भएका केपी ओली प्रधानमन्त्री भएपछि नराम्रोसँग चुकेको भन्दै खुलेआम राष्ट्र विखण्डनको नारा लाग्दा, निर्मला पन्त हत्या प्रकरण र ३३ किलो सुन प्रकरणमा ठोस कदम चाल्न नसकेर निरिहता प्रदर्शन गरेको बताए । 

कार्यक्रममा पार्टीका नेताहरु राजेन्द्र लिङदेन, धवलशम्सेर राणा, प्रेमबहादुर भण्डारी, गीता बस्नेत, नारायणबहादुर सिंह, महेशबहादुर सिंह, नरेन्द्र पौडेल लगायतले आफ्नो धारणा व्यक्त राखेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप