समृद्ध नेपाल बनाउने सरकारको घोषणा कहाँ गयो ?: नेता गजुरेल
काठमाडौं– देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरेको छ । पार्टीका अध्यक्ष सिपी गजुरेलले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी वर्तमान सरकारले जनताका लागि केही पनि गर्न नसकेको दावी गर्दै चर्को आलोचना गरेका हुन् ।
‘सुःखी नेपालीः समृद्ध नेपाल’ बनाउने सरकारको घोषणा कहाँ गयो ? भनि अध्यक्ष गजुरेलले सरकारलाई प्रश्न पनि गरे । उनले सरकारले महंगी, भ्रष्टाचार, तस्करीबाहेक जनतालाई अरु केही नदिएको भन्दै आक्रोश पनि व्यक्त गरे ।
पत्रकार सम्मेलनमा मोर्चाले सरकारविरुद्ध जागरण अभियान सञ्चालन गर्ने निर्णय गरिएको पनि जानकारी गराएको छ । अध्यक्ष गजुरेलले आगामी चैत्र २४ गते राष्ट्रिय सम्मेलन गर्ने गरी संगठन विस्तारको कामलाई अघि बढाउने निर्णय पनि गरिएको बताए । पुस १ गते काठमाडौंमा बसेको सो पार्टीको केन्द्रिय कार्य समिति बैठकले सम्मेलन हुन बाँकी रहेका जिल्लाहरुमा माघ महिना भित्र सम्मेलन सम्पन्न गर्ने योजना पनि तय गरेको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१६ औँ पञ्चवर्षीय योजनामा आर्थिक समृद्धिका आधारभूत तत्त्व पहिलो प्राथमिकतामा पर्नुपर्छ: पूर्व अर्थमन्त्री खतिवडा
-
साइबर ब्यूरोले सोधपुछ गरेको युवकले सिटामोल खाएको पुष्टि
-
विश्व ट्रायथलन महासंघकी अध्यक्ष नेपालमा
-
१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
-
एसियाबाट नेपालले जित्यो ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’
-
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु