शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

युनाइटेडद्वारा जोसे मोरिन्हो बर्खास्त

मङ्गलबार, ०३ पुस २०७५, १६ : ०५
मङ्गलबार, ०३ पुस २०७५

एजेन्सी । यो सिजन खराब शुरुवात गरेको म्यान्चेस्टर युनाइटेडले प्रशिक्षक जोसे मोरिन्होलाई बर्खास्त गरेको छ । 

रेड डेभिल्स हाल प्रिमियर लिगको छैटौँ सथानमा रहेको छ । लिगको १७ खेलमध्ये ५ खेलमा पराजय बेहोरिसकेको छ । 

हाल युनाइटेड शीर्ष स्थानमा रहेको लिभरपुलभन्दा १९ अंकले पछि रहेको छ भने चौँथौँ स्थानमा रहेको चेल्सीभन्दा ११ अंकले पछि रहेको छ ।

गत आइतबार युनाइटेड चिर प्रतिद्वन्द्वी लिभरपुलसँग ३–१ गोलअन्तरले पराजित भएको थियो ।

पछिल्लो समय मोरिन्हो क्लबको व्यवस्थापनसँग रुष्ट थिए । क्लबले नयाँ सेन्टर ब्याक नकिनेको विषयबारे उनले सार्वजनिक रुपमा नै असन्तुष्टि जनाएका थिए ।

क्लबले एक वक्तव्य जारी गर्दै मोरिन्होले तत्काल लागु हुने गरी क्लबबाट बिदा भएको जनाएको छ ।

मोरिन्हो लुइस भान हालको स्थानमा सन् २०१६ मा क्लबमा आएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप