शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महासमिति सदस्यलाई काँग्रेसको विधान भोलि दिइने

मङ्गलबार, ०३ पुस २०७५, १५ : ५३
मङ्गलबार, ०३ पुस २०७५

काठमाडौं– माइक खोसाखोसपछि रोकिएको काँग्रेस महासमिति बैठक सुरु भएको छ ।  नुवाकोटाका जिल्ला सभापति जगदिश्वरनरसिंह केसीले बोल्न खोज्दा सहमहामन्त्री डा. प्रकाशरण महतले माइक खोसेपछि विवाद हुँदा मंगलबार बिहान बैठक अवरुद्ध भएको थियो । 

मंगलबार ३ बजे पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले महासमिति सदस्यको माग जायज भएको भन्दै विधान छाप्ने काम भइरहेकाले भोलि उपलब्ध हुने जानकारी दिएपछि बैठक सुरु भएको हो । बैठकमा विधान मस्यौदा बाहेकका अन्य प्रतिवेदनमाथि केन्द्रीत रहेर छलफल भइरहेको काँग्रेस नेता गगन थापाले जानकारी दिए । 

यसैबीच प्रस्तावित पार्टीको विधानमा सहमति खोज्ने काँग्रेस शीर्ष नेताहरुको प्रयास आजपनि विफल भएको छ । केन्द्रीय समितिमा कति पदाधिकारी राख्ने र उनीहरुको निर्वाचन पद्धति कस्तो हुने भन्नेमा काँग्रेसमा विवाद बढेपछि महासमिति बैठकमा विधान पेश हुन सकेको छैन । 

मंगलबार बिहानैबाट काँग्रेस संसदीय दलको कार्यालयमा शीर्ष नेताहरु छलफलमा जुटेपनि अपरान्ह पौने तीनबजेसम्म पनि सहमति नभएपछि नेताहरु पुन महासमिति बैठकस्थलमा फर्केका छन् । 

छलफलमा सहभागि काँग्रेस नेता अर्जुननरसिंह केसीका अनुसार ११ सदस्यीय पदाधिकारी रहने विषयमा सहमति नजिक पुगेपनि निर्वाचन पद्धतिका बारेमा सहमति हुन सकेको छ्रैन । केसीले सहमतिका लागि केहीबेरपछि पुन छलफल गर्ने बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप