शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नम्बर बढाउन सेक्स माग्ने शिक्षकलाई जेल सजाय

मङ्गलबार, ०३ पुस २०७५, ११ : ३०
मङ्गलबार, ०३ पुस २०७५

नाइजेरियाका प्राध्यापक रिचार्ड एकिन्डेललाई छात्रासँग सेक्सको  माग गरेको अभियोगमा सोमबार जेल सजाय तोकिएको छ ।

सिएनएनका अनुसार एकिन्डेलले मोनिका ओसागीको नम्बर बढाउनका लागि उनीसँग सेक्सको माग गरेका थिए । उनलाई छात्रामाथि अनुचित व्यवहार गरेको, आफ्नो उमेर ढाँटेको र प्रमाणमा फेरबदल गरेको आरोपमा दुई वर्षको जेल सजाय तोकिएको छ ।

२३ वर्षे ओसागीले सिएनएनसँगको अन्तर्वार्तामा एकिन्डेलविरुद्ध प्रमाण जुटाउनका लागि उनको कुराकानीलाई गोप्य तरिकाले रेकर्ड गरेको बताइन् ।

ओसागीले सिएनएनलाई दिएको अन्तर्वार्ताको एक महिनापछि एकिन्डेललाई ओबाफेमी एवोलोवो युनिभर्सिटीले निष्कासित गरेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप