शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

संसदीय दलको नेतामा मुख्यमन्त्री शाही

मङ्गलबार, ०३ पुस २०७५, ०८ : ४१
मङ्गलबार, ०३ पुस २०७५

सुर्खेत — नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलको नेतामा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही चयन भएका छन् । 

सोमबार प्रदेश राजधानी सुर्खेतमा बसेको नेकपा संसदीय दलको बैठकबाट मुख्यमन्त्री शाही संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका हुन् ।

नेकपा कर्णाली प्रदेश सह इञ्चार्ज तथा प्रदेशसभा सदस्य यामलाल कँडेल, अध्यक्ष गोरखबहादुर बोगटी र सचिव मायाप्रसाद आचार्यसहित बसेको बैठकले शाहीलाई संसदीय दलको नेतामा चयन गरेको प्रदेशसभा सदस्य गोपाल शर्माले जानकारी दिए । 


यसअघि नेकपा एमालेको संसदीय दलको नेतामा प्रदेशसभा सदस्य यामलाल कँडेल र नेकपा माओवादी केन्द्र को संसदीय दलको नेतामा मुख्यमन्त्री शाही थिए । पार्टी एकीकरणपछि लामो समय संसदीय दलको नेताविहीन नेकपा कर्णाली प्रदेशले निरन्तरको छलफल र बैठकपछि वैधानिक रुपमा पुस २ गतेदेखि संसदीय दलको नेता पाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप