असारे विकासको कन्त विजोकः पहाडका ‘डेन्जर’ जोनमा यस्तो यात्रा (हेर्नुस तस्वीर सहित)

प्रेम सुनार
गुल्मी – असारे विकासको चर्को विरोध हुँदाहुँदै पनि रोएिन ।पहिरो गएको बाटो सोहर्ने नाममा स्तरबृद्धिमा परेका सडकहरुका भित्र पनि डोजर चलिरहेछ । डोजरको त्यो कोपराई जनताको जमिनमा नभएर छातीमा डोजर चलाईको दुखाई बनेको छ । यस्तो सडकको दर्दनाक कथा देशभर नै छ ।
हजारौं यात्रु आहोर दोहोर गर्ने यी सडकहरुमा असारे विकासले झनै कन्त विजोक बनाएको छ । ग्रामिण क्षेत्रका हजारौं यात्रु एक मृत्यु मार्ग आवत जावत गर्न बाध्य छन् ।
गुल्मीका सडकहरु पनि कचिंगलन पाहाडी यस्ता डरलाग्दा दर्दनाकताबाट छुटेको छैन । सदरमुकाम तम्घास देखि उत्तरतर्फको रातडाँडा भञ्ज्याङ्ग, पेंगा, धरमपानी , मैदान सम्मको सडक असारे विकासका क्रममा करोडौं खर्चेर ढल नाली , पर्खाल निमार्ण र सडक चौडा पारेर मैदान जस्तै बनाईएको थियो । जुन एक बेकामे मैदान जस्तो । सडक विस्तारलाई चुनावी नारा बनाउनेहरुले यो असारे विकास विस्तार गज्जवले उठान गरे । जस लिने प्रतिस्पर्धा नै चल्यो
तर, चुनाव पनि सकियो , वर्षायाम पनि बढ्यो र त्यो हिजो ती बाचाहरु असरल्ल तिनै कच्चि डरलाग्दा सडकहरुमा पसारिए ।
भर्खर बनाएको नाली , वाल पर्खाल कहाँ छ भनेर सडक देखि निकै तल पुगेकोले आँखा तन्काएर हेर्नु पर्ने अवस्था छ । ग्राव्रेलिङ्ग गर्ने भन्दै सडकमा विछाईएको गिटी वालुवा लगायतको सामग्री माथि अहिले बर्षातको भेल बगेको छ ।
सडक एक बेगबानी खोलो बनेको छ ।
यसरी असारको मुखमा आएर लगाईएको डोजरले राज्यको ढुकुटी वालुवामा पानी खनाए झै त पारी दिएको छ नै । यता जनताको मुखा परी सकेको मकै र धान खेति नष्ट मात्रै गरेको छैन पहिरोले कतिपयको घरवासै उठाई दिने हो कि भन्ने त्रासले रातमा निद्रा छैन् ।
भञ्ज्याङ्ग देखि पेंगा हुँदै उकाले लागे पछि मैदान सम्मका जनताका मकैवाली पहिररोले बगाएर पुरै नष्ट भएको छ । खेलीवाली संगै कैयौंका घर कटेरा जोखिममा परेका छन भने जंगलमा हुर्केका सल्लाका रुखहरु ढलेर वेहाल छ । मैदान देखि तल कुँवापानीको सिङ्गो टोल माथीबाट खसेको पहिरोले उच्च जोखिममा छ ।
विहान वुटवलबाट हिडे साँझ वामी टक्सार र वुर्तिवाङ्ग पुग्ने मालवाहक ट्रक वुटवलबाट हिडेको दुई दिनसम्म विचमै अलपत्र परेका भेटिन्छन् । । स्तरोन्नतिका लागि बाटोका रकम पार्ने मै हुँ भन्दै आउने प्रदिप ज्ञावाली, चन्द्र भण्डारी जस्ता नेताहरुका कुरालाई यहाँको जनताले सधै पत्याउन विवश छन् । बाटोका जिम्मा लिएका ठेकेदार हरु कारवाही गर्ने निकार्य आँखा चिम्लििएर हिडेको पाइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदीमा महत्त्वपूर्ण वार्ता अघि युक्रेनले सयौँ ड्रोनले मस्कोमाथि गर्यो हमला
-
एकपछि अर्को फिल्म फ्लप भइरहँदा अक्षय कुमारले बेचे अपार्टमेन्ट
-
कसको बलमा ज्ञानेन्द्र गणतन्त्रमाथि धावा बोल्दै छन् ?
-
अमेरिकी विदेशमन्त्री भन्छन्-शान्ति वार्ताका लागि युक्रेनले भूभाग छाड्नै पर्छ
-
शान्ति सम्झौताका लागि छलफल गर्न कतार र साउदी अरब नै किन अग्रसर हुन्छन् ?
-
‘नागरिकले एपले सरकारी सेवाका झन्झट समाधान गर्छ’