बेरोजगार इञ्जिनीयरहरुलाई रोजगारी दिलाउन प्रयास गरिने
चिप्लेढुङ्गा । नेकपा गण्डकी प्रदेश सहइञ्चार्ज खगराज अधिकारीले देश प्रविधिमैत्री हुनुपर्ने बताएका छन् ।
उनले नेपाल इञ्जिनीयरिङ एशोशियशन गण्डकी प्रदेशमा विजयी प्रगतिशील समूहलाई बधाई दिँदै इञ्जिनीयरहरुले ठेकेदारी प्रथा सुधार्नुपर्ने बताउँदै मुलुककै सेवा गर्ने काममा उत्साहित हुनुुपर्छ भने ।
इञ्जिनीयरको सीप र क्षमतालाई स्वदेशमै उपयोग गर्ने वातावरण सङ्घीय र प्रदेश सरकारले सिर्जना गर्नुपर्नेमा उनले जोड दिए ।
गण्डकी प्रदेश, भौतिक पूर्वाधार मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहठ्ठाले प्रदेशले बनाउने नीतिनियममा इञ्जिनीयरले उठाएका विषय समावेश गरी सहकार्य गर्दै अघि बढ्ने वचन दिए ।
नेपाल इञ्जिनीयरिङ एशोशियशन गण्डकी प्रदेशको ३२ औंँ अधिवेशनमा निर्वाचित बाबुराम भण्डारीले बेरोजगार इञ्जिनीयरहरुलाई रोजगारी दिलाउन र मुलुकलाई प्रविधिमैत्री बनाउने नीति तयार गर्न सङ्गठनले भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यसमितिमा सबै प्रगतिशील समूहबाट १६ जना निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीको चपेटामा परेको च्यासल रङ्गशालामा कहिले जाला ध्यान ? (तस्बिर)
-
मकवानपुरगढीद्वारा कृषकलाई अनुदान
-
हाटबजारमा चार हजार दुई सय किलो मास बिक्री
-
सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक ग्लोबल आईएमई बैंक
-
चक्रवाती आँधी फेङ्गल आज तमिलनाडु-पुडुचेरीको तटमा आइपुग्ने
-
शिल्पा शेट्टी-राज कुन्द्राको घरमा ईडीको छापा, पोर्नोग्राफीसँग सम्बन्धित मुद्दा