नक्कली नागरिकता बनाउन खोज्ने सासूज्वाईं पक्राउ
सोमबार, ०२ पुस २०७५, १९ : ५३
गौशाला । महोत्तरीको इलाका प्रशासन कार्यालय गौशालाबाट भारतीय नागरिकलाई आफ्नो छोरा भनेर नागरिकता दिलाउन लागिएको अवस्थामा प्रहरीले सासू र ज्वाइँलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा औरही नगरपालिका–३ बस्ने ३९ वर्षीया सिवो देवी र उनका ज्वाइँ भारत विहारको मुजफ्फरपुरको शिवदासपुर दौरा असली पञ्चायत वडा नं ६ बस्ने २१ वर्षीय राजपाल सहनी रहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक किशोर आचार्यले बताए ।
सासू सिवो देवीले ज्वाइँ राजपाललाई आफ्नो छोरा सरोज सहनी बनाई नागरिकता दिलाउनका लागि झूटो विवरण पेश गरेको अवस्थामा प्रशासनले शङ्का लागी सोधपुछ गर्दा दोषी देखिएपछि उनीहरुलाई पक्राउ गरिएको थियो ।
प्रहरीले पक्राउ परेका राजपालको साथबाट भारतीय आधारकार्ड र सवारी चालक अनुमतिपत्रसमेत बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीको चपेटामा परेको च्यासल रङ्गशालामा कहिले जाला ध्यान ? (तस्बिर)
-
मकवानपुरगढीद्वारा कृषकलाई अनुदान
-
हाटबजारमा चार हजार दुई सय किलो मास बिक्री
-
सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक ग्लोबल आईएमई बैंक
-
चक्रवाती आँधी फेङ्गल आज तमिलनाडु-पुडुचेरीको तटमा आइपुग्ने
-
शिल्पा शेट्टी-राज कुन्द्राको घरमा ईडीको छापा, पोर्नोग्राफीसँग सम्बन्धित मुद्दा