शनिबार, १५ मङ्सिर २०८१
ताजा लोकप्रिय

सशस्त्र प्रहरी नयाँ सिराबाट अघि बढिरहेको छ : आईजीपी खनाल

सोमबार, ०२ पुस २०७५, १९ : ४८
सोमबार, ०२ पुस २०७५

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित ‘ईकाई प्रमुख सम्मेलन–२०७५’ एक समारोहका बीच समापन गरेका छन् । 

समापन कार्यक्रममा आईजीपी खनालले सो सम्मेलन संगठनलाई स्पष्ट दिशाबोध गर्ने उद्देश्यका साथ सशस्त्र प्रहरी बल नेपालको ईतिहासमा प्रथम पटक गरिएको चर्चा गरे । 

सम्मेलनमा सक्रिय सहभागिता जनाई आफ्ना धारणाहरु प्रस्तुत गर्ने सहकर्मी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षहरु लगायत सम्पूर्ण इकाई प्रमुखहरुलाई उनले धन्यवाद व्यक्त गरे । 

सशस्त्र प्रहरी महानिरीक्षक खनालले सो सम्मेलनमा इकाई प्रमुहरुबाट व्यक्त भएको विचार र दृष्टिकोणमा सम्पूर्ण राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको भावना र चासो प्रतिविम्वित भएको उल्लेख गर्दै विगतमा सम्पादित कार्यहरुको विस्तृत विवेचना भई संगठनले भोलीका दिनमा लिने सार्थक योजना तथा मार्गचित्र तयार गर्न सो सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने बताए । 

उनले संगठन नयाँ सिराबाट अगाडी बढिरहेको चर्चा गर्दै संगठनको हितको लागि सबै तह र तप्काका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु व्यक्तिगत स्वार्थभन्दा माथि उठेर व्यावसायिक कार्यसम्पादनमा क्रियाशिल रहनुपर्ने जसबाट संगठन र सबै सशस्त्र प्रहरी कर्मचारीहरुको हित हुने बताए । 

सशस्त्र प्रहरी महानिरीक्षक खनालले अत्यन्तै व्यस्त कार्य तालिकामा रहि घनीभूत रुपमा प्रस्तुतीकरण, छलफल तथा विचार विमर्शबाट निचोडको रुपमा विभिन्न सुझावहरु संगठनलाई प्राप्त भएको चर्चा गर्दै प्राप्त सुझावहरुलाई विज्ञ टोलीमार्फत पुनः अध्ययन तथा छलफल पश्चात स्पष्ट नीतिसहित द्रुत गतिमा कार्यान्वयनतर्फ लगिने बताए । 
 
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्पराम के.सी., नारायणबावु थापा र रामशरण पौडेलले सो समारोहमा सम्मेलनमा भएको प्रस्तुतीकरण तथा छलफल भएका विषयहरुबारे चर्चा तथा समिक्षा समेत गरेका थिए ।     

सम्मेलनमा सशस्त्र प्रहरी बल नेपालमा कल्याणकारी व्यवस्था, विद्यमान तालिम र सुधारका पक्षहरु, विद्यमान राशन प्रणाली, संघीयतामा सम्भावित सुरक्षा चुनौती, सीमा  सुरक्षा र सुदृढिकरण, विपद व्यवस्थापनमा समस्या र चुनौती, परिचालनको अवस्था र चुनौती, बन्दोवस्ती लगायत विविध विषयहरुमा विस्तृत छलफल भएको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप