शव उठाउन नदिँदा दुई दिनदेखि विद्युत् सेवा अवरुद्ध
भीमदत्तनगर । विद्युत् सब–स्टेशनका कर्मचारीका आफन्तले शव उठाउन नदिँदा कञ्चनपुरमा दुई दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ ।
यहाँको बेदकोट नगरपालिका–७ लालपुरमा रहेको नेपाल विद्युत् प्राधिकरणको सब–स्टेशनमा कार्यरत सुरक्षागार्ड भीमदत्त नगरपालिका–१९ बागफाँटाका चन्द्रदेव भट्टको आइतबार बिहान ट्रान्सफर्मरमा करेन्ट लागेर मृत्यु भएको थियो ।
दुई दिनदेखि पूर्व–पश्चिम राजमार्गको लालपुरमा यातायातसमेत अवरुद्ध भएको छ । घटनाको यथार्थ छानबिनको माग गर्दै आक्रोशित स्थानीयवासीले सब–स्टेशनमा तोडफोड गरेका छन् । अवरोधका कारण शव ट्रान्सफर्मरमै अड्केको छ ।
जिल्ला प्रशासन कार्यालयमा शव उठाउन र अवरोध हटाउन सहमतिको प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सोही कारण कञ्चनपुरबाट प्रकाशित हुने पत्रपत्रिका प्रकाशन हुन सकेका छैनन् । पीडित पक्षले मृतकका परिवारलाई रोजगारी र क्षतिपूर्ति दिनुपर्नेलगायत माग अघि सारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीको चपेटामा परेको च्यासल रङ्गशालामा कहिले जाला ध्यान ? (तस्बिर)
-
मकवानपुरगढीद्वारा कृषकलाई अनुदान
-
हाटबजारमा चार हजार दुई सय किलो मास बिक्री
-
सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक ग्लोबल आईएमई बैंक
-
चक्रवाती आँधी फेङ्गल आज तमिलनाडु-पुडुचेरीको तटमा आइपुग्ने
-
शिल्पा शेट्टी-राज कुन्द्राको घरमा ईडीको छापा, पोर्नोग्राफीसँग सम्बन्धित मुद्दा