मेची पर्यटन महोत्सव हुने
इलाम– जिल्लामा ‘मेची पर्यटन महोत्सव’ यही पुस ५ देखि १६ गतेसम्म हने भएको छ । विभिन्न जातजातिको लोप हुन लागेको संस्कृतिको जगेर्ना, दुर्लभ जीवजन्तुको र पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्नका लागि उक्त महोत्सव आयोजना गर्न लागिएको हो ।
पर्यटन प्रवद्र्धन सरोकार समितिको आयोजनामा हुन लागेको सो महोत्सवमा ताप्लेजुङको शेर्पा नाच र झापाको सतार नाच प्रदर्शन गरिनाका साथै इलाम र पाँचथरको पर्यटकीय क्षेत्र सन्दकपुरबाट चौरी र घोडासमेत ल्याउने तयारी भइरहेको छ । विश्वमै लोपोन्मुख रातो हाब्रे (रेडपाण्डा) समेत यहाँ ल्याउने तयारी भइरहेको आयोजक संस्थाका सल्लाहकार धर्म गौतमले बताए ।
पर्यटकको सङ्ख्यामा वृद्धि
जिल्लामा आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लाका प्रमुख पर्यटकीय स्थल माइपोखरी, कन्याम, श्रीअन्तु, गजुरमुखीलगायतको अवलोकनका लागि यहाँ पर्यटक आउने गरेका छन् ।
पर्यटन सूचना केन्द्रका अनुसार यस वर्षको मङ्सिर मसान्तसम्ममा एक लाखको हाराहारीमा पर्यटक भित्रिएका छन् । केन्द्रका अनुसार उक्त सङ्ख्या गत वर्षकोभन्दा दोब्बरले बढी हो ।
सूचना अधिकारी गगन घिमिरेका अनुसार गत वर्षको मङ्सिरमा ५० हजारको हाराहारीमा पर्यटक भित्रिएका थिए । पर्यटकीय महोत्सव, प्रचारप्रसार र सबै क्षेत्रमा सडकको पहुँच भएका कारण पर्यटकको सङ्ख्यामा वृद्धि भएको घिमिरेको भनाइ छ । जिल्लामा भित्रिनेमध्ये ९० प्रतिशत आन्तरिक तथा बाँकी बाह्य पर्यटक छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै